पाँच तारे होटलमा राजश्वको छापा
भैरहवा : रुपन्देहीको भैरहवामा संचालित पाँच तारे होटल टाइगर प्यालेसमा आन्तिरक राजश्व कार्यालयले छापा मारेको छ । प्यालेसमा बिना स्विकृती मदिरा विक्री भइरहेको सूचनाका आधारमा अन्तिरक राजश्व कार्यालय भैरहवाले छापा मारेको हो ।
प्रहरीको टोलीसहित होटलमा पुगेको टोलीले होटलको क्यासिनोमा स्विकृती बिना मदिरा विक्री गरेकाले छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
होटलको क्यासिनोबाट अवैध रुपमा विक्रीका लागि राखिएका विभिन्न ब्राण्डका एक सय २२ बोतल मदिरा गरेको छ ।