श्रीनिवासाचार्य गोली प्रकरण : ‘समाज बिथोल्ने प्रयास’

    श्रीनिवासाचार्य गोली प्रकरण : ‘समाज बिथोल्ने प्रयास’

 

काठमाडौं : हिन्दु धर्मावलम्बी संघसंस्थाका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर असुरक्षाको बिषयमा जानकारी गराएको एक साता नबित्दै हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको छ। गृहमन्त्री रामबहादुर थापा बादललेसमेत ओलीलाई भेटेकै भोलीपल्ट चैत १९ गते गृह मन्त्रालयमा सुरक्षा कार्ययोजना प्रश्तुत गर्नेक्रममा मुलुकभित्र जातीय र धार्मिक विद्वेश फैलाउने तत्व सक्रिय भएको बताएका थिए। आफ्नो सुरक्षा माग गर्दै दुईदर्जन बढी धार्मिक संस्थाका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको र गृहमन्त्रीले सुरक्षाका बिषयमा गम्भिर चिन्ता प्रकट गरेको एकसातामै धर्म गुरुमाथि साँघातिक आक्रमण भएको छ।

उक्त घटनापछि हिन्दू धर्मावलम्बी दुई दर्जनभन्दा बढी संघसंस्था र तिनका प्रमुखहरुले सरकारको चरम उपेक्षाको परिणाम भएको र घटना गराउनेले नेपाली समाज भाँड्न खोजेको गम्भीर आरोप लगाएका छन्। नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पर्चामा आफूले सन् २०२५ सम्ममा पशुपतिनाथ मन्दिरसमेत ध्वस्त पार्ने लगायतका विषय सार्वजनिक भएकाले सरकार अत्यन्तै गम्भीर हुनुपर्नेमा जोड दिए। उनले अन्नपूर्णसँग भने, ‘सरकार अब पनि चुप हुनु भनेको समाजमा भयावह अवस्था आउनु हो, धार्मिक अन्तरद्वन्द्व बढ्नु र धार्मिक युद्ध निम्तनु हो।’

हिन्दुले आफ्नै देशमा अस्तित्व खोज्दा इतिहास मेट्ने काम सुरु हुनु चानचुने विषय नभएको उनको भनाई छ। बैंकेटेश्वर मन्दिरका महन्थ स्वामी पद्यधराचार्य, वैष्णव युवा परिषद्का अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्य, राम मन्दिरका पीठाधीश श्रीराम स्वरुपानन्द, हिन्दूत्व संरक्षण तथा धर्म परिवर्तनविरुद्ध महाअभियानमा जुटेका हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, पतञ्जली योगसमिति नेपालका अध्यक्ष डा. शालीग्राम सिंह लगायत २० हिन्दु संघसंस्था र तिनका प्रतिनिधिले चैत १८ गते प्रधानमन्त्रीलाई भेटेका थिए।

उनीहरुले चैत ८ गते मंगोल नेशनल अर्गनाइजेसन (आर्मी) को नामबाट पर्चा र सामाजिक सञ्जालबाट हिन्दु संघसंगठनलाई समाप्त पार्ने, मठमन्दिर तथा आ श्रमहरु ध्वस्त पार्ने, बैंकेटेश्वरका महन्थ १००८ स्वामी पद्मधराचार्यलगायत हिन्दु अभियन्ताहरुलाई ज्यान मार्नेसम्मका पत्र आएको जानकारी गराएका थिए।

राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष डा. माधव भट्टराईले सरकारले वास्तविकता थाहा पाउँदा पाउँदै वेवास्ता वा लापर्वाही गरिरहने हो भने पुनः यस्ता घटना दोहोरिरहने बताए। उनले अन्नपूर्णसँग भने, ‘सरकारले विदा काट्ने र अहिले गोली प्रहार गर्ने विषय दुवैले गम्भीर अवस्था सिर्जना गरेका छन्, सांघातिक हमला निन्दनीय हो।

सरकारले अपराधीलाई कारबाही गरोस् र सुरक्षा कडा बनाओस्।’ गृहमन्त्री थापाले चैत १९ गते मुलुकमा जातीय र धार्मिक युद्धको तयारी गर्न केही स्वदेशी तथा विदेशी तत्व सक्रिय भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। ‘धर्मका विरुद्ध धर्म, जातका विरुद्ध जात र समुदायका विरुद्ध समुदाय भिडाउन केही समूह सक्रिय रहेको छ’, त्यतिबेला उनले भनेका थिए, ‘कतिपय समूहले इसाइकरण गर्ने नाममा सन् २०२५ सम्म सबै मठ–मन्दिर सरकारले भत्काउँछ भन्नेसम्मको प्रचार गरिरहेको बताए। नेपालीबीचको एकता तोड्ने काममा पनि केही शक्तिहरु सक्रिय रहेको थापाको दाबी थियो।

वैदिक ज्ञानविज्ञान केन्द्रका अध्यक्ष डा. बासुदेवकृष्ण शास्त्रीले हिन्दू धर्मावलम्बीलाई मानसिक र शारीरिक रुपले कमजोर बनाएर मुलुक कब्जा गर्ने उद्देश्यले श्रीनिवासाचार्यमाथि गोली प्रहार गरी सांघातिक आक्रमणको सुरुआत गरेको देखिएको बताए। नेपाल सनातन धर्मसंस्कृति संगठनका प्रमुख पुष्पराज पुरुषले शाह, राणा र पञ्चायती व्यवस्थाले केही नगरेका विदा सरकारले कटौति गर्नु र राजनीतिक दलहरुकै संरक्षणमा एनजीओ, आइएनजीओले गलत नजीर स्थापित गर्न थालेको आरोप लगाए।

यसैबीच विश्वहिन्दु महासंघ, सनातन संस्कृति समाज, अन्तरराष्ट्रिय हिन्दु जनजागरण तथा गौरक्षा अभियान, व्याङ्केटेश्वर मन्दिर, सनातन् धर्म सेवा समिति, विश्वहिन्दु परिषद्, ओमकार परिबार, हिन्दु स्वयम् सेवक संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित दुई दर्जन भन्दा बढी संघसंस्थाले आइतबारै विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि हिन्दुत्वलाई कमजोर बनाउने, हिन्दुत्वप्रति समर्पित अभियन्ताहरु, धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभित तुल्याउने प्रयासको योजनाबद्ध श्रृंखलाको एक कडी भएको भन्दै घटनाको कडा भ्रत्र्सना गरेका छन्। उनीहरुले घटना दोहोरिन नदिन सुरक्षाको आवश्यक प्रवन्ध मिलाउनसमेत सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.