सबै न्यायाधीशको ‘जन्मकुण्डली’ हेरिने

सबै न्यायाधीशको ‘जन्मकुण्डली’ हेरिने

काठमाडौं : अन्तिम समयमा विवादित हुनबाट रोक्न न्याय परिषद्ले एकपल्ट सबै न्यायाधीशको जन्म तिथिमिति हेर्ने भएको छ।न्याय परिषद् सदस्यसमेत रहेका कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरूको जन्ममिति विवादमुक्त बनाउन सबै न्यायाधीशको उमेर हेरिने बताए।

‘न्यायाधीश पद निर्विबाद बनाउन परिषद्बाट एकपल्ट सबै न्यायाधीशको उमेर हेरिन्छ। विवाद रहेछ भने सबैभन्दा जेठो रेकर्डका आधारमा अवकासको मिति जानकारी गराइन्छ’, मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री तामाङले भने, ‘ता की न्यायाधीशले निर्विबाद ढंगले ढुक्क भएर काम गरुन्।’

न्यायाधीशले सम्पत्ति विवरण बुझाए नबुझाएको पनि हेरिने उनले बताए। ‘प्रधानन्यायाधीशदेखि तल्लो तहको कर्मचारीसम्म, प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म पारदर्शीताका लागि सबैले सम्पत्ति सार्वजनिक गर्नुपर्ने हुन्छ’, उनले भने, ‘भ्रष्टाचार भएको छ भने सात पुस्तासम्म पनि राज्यले छाड्दैन।’ उनले त्यसका लागि न्यायपरिषद् र अख्तियार ऐनमा संशोधन गर्नुपर्ने हुनसक्ने बताए।

उनले विश्वनाथ उपाध्यायका पालामा पनि राजनीतिक व्यक्तिलाई न्यायाधीश नियुक्त गरिएको दृष्टान्त सुनाउँदै कुनै दललाई भोट हालेको वा आस्थाका आधारमा न्यायाधीश बन्न रोक्न नहुने तर निष्पक्ष न्याय भए नभएको हेरिनुपर्ने बताए।

अर्को एक प्रसंगमा तामाङले समयमै फैसला नलेखिए पीडक पक्ष झन जब्बर भएर जाने भएकाले छिटो न्यायका लागि राज्यले सबै खालको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। ‘मुद्दामाथि मुद्दा हाल्ने प्रवृत्तिले विकासको बाधक न्यायपालिका भयो कि भन्ने जनतालाई परिरहेको छ।

विकास आयोजनाका मुद्दामा कसरी सुधार गर्न सकिन्छ छलफल गर्नेछौं’, उनले भने। अदालतबाट अन्तिम फैसला आउन बाँकी रहे पनि अन्तरिम आदेशबाट देशको वार्षिक बजेट बराबर कामकारवाही प्रभावित भएको र गलत फैसला आए महाभियोग लाग्नसक्ने आशय फरक ढंगले व्याख्या गरिएको गुनासो पनि सञ्चारकर्मीसँग राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.