कमला पुलको बेहाल

कमला पुलको बेहाल

 

जनकपुरधाम : सात वर्षदेखि निर्माणाधीन धनुषा र सिरहा जोड्ने कमला नदीको पुल ठेकेदारको लापरवाहीका कारण यो वर्ष पनि सम्पन्न नहुने भएको छ।वर्षौंसम्म योजना ‘होल्ड’ गरेर राख्ने ठेकेदारको प्रवृत्तिका कारण धनुषा र सिरहाका पाँच स्थानीय तह जोड्ने कमला पुल निर्माणमा ढिलाइ भएको हो। पुल निर्माण नहुँदा दुई जिल्लाका दुई लाख जनाको दैनिकी सहज बन्न सकेको छैन।

पुल नबन्दा वर्षायाममा तीन महिना भारत हुँदै जनकपुर आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीय बेचन मुखिया बताउँछन्। हिउँदमा नदी भएरै आउजाउ गरे पनि वर्षायाममा पानीको सहत बढेपछि आवागमन रोकिने गरेको उनको भनाइ छ।

४ सय ७० मिटर पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभीले २०६८ साल जेठमा सम्झौता गरेको थियो। सम्झौता भएको केही समयपछि नै बनाउन थालिए पनि सात वर्ष बित्न लाग्दा प्रगति ३५ प्रतिशतमा सीमित छ। सम्झौता भएयता दुईपटक म्याद थप भइसकेको जनाइएको छ।

हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर मनोज मण्डल पुल निर्माणको म्याद अन्तिमपटक थप गरिएको सुनाउँछन्। अब पनि समयमा काम हुन नसके ठेकेदार कम्पनीमाथि कारबाही अघि बढाउने उनको भनाइ छ। उनका अनुसार अब तीन महिनाभित्र काम सम्पन्न नभए विभागीय कारबाही हुनेछ।

निर्माण कम्पनीका इन्जिनियर जमुना यादव असार मसान्तसम्ममा काम सम्पन्न हुने दाबी गर्छन्। तर, पुलमा कार्यरत श्रमिक भने यही गतिमा काम भयो भने पूरा हुन अझै दुई वर्ष लाग्ने बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.