डीपीएल : टिम चौराहा धनगढी फाइनलमा
धनगढी : टिम चौराहा धनगढी धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो संस्मरणको फाइनलमा प्रवेश् गरेको छ । प्लेअफ अन्तरगत मंगलबार बिहान भएको l पहिलाे क्वािलपफयर खेलमा खेलमा काठमाडौं गोल्डेन्सलाई लाई १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौं गोल्डेन्सले दिएको १२८ रनको लक्ष्य धनगढीले एक बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो। धनगढीले टस जितेर बलिङ रोजेपछि काठमाडौं गोल्डेन्सले पहिले व्याटिङ गरेका थियो । निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
धनगढीका लागि रोहन फुस्ताफाले सर्वाधिक ३३ रन बनाए । त्यसैगरी शंकर रानाले २८, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन बनाए । काठमाडौंका लागि सनी पटेल, साहब आलम र रसिद खानले धनगढीको २–२ विकेट लिए। सुसन भारी र ललित राजवंशीले १–१ विकेट लिए ।
पहिले व्याटिङ गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ३८ रन बनाए । अमित श्रेष्ठले ३६, पुष्प थापाले १६ र भुपेन्द्र थापाले १० रन बनाए अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन । धनगढीका लागि सोमपाल कामी र ललित भण्डारीले २–२ विकेट लिए ।
सामान्य लक्ष्य पछ्याएको धनगढीले सुरुमा राम्रो व्याटिङ गरे पनि अन्त्यमा लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । ७ विकेटको क्षतिमा अन्तिम ओभरमा १० रन आवश्यक रहेको धनगढी लगातार दुई विकेट गुमाउन पुग्दा मुस्किल अवस्थामा पुगेको थियो । अन्तिम २ बलमा ६ रन आवश्यक भएकोमा समसाद शेखले छक्का प्रहारी गरी टोलीलाई जित दिलाए ।
इलिमिनेटर खेल अन्तरगत हाल महेन्द्रनगर युनाइटेड र सीवाइसी अत्तरियाबीच जारी छ ।
इलिमिनेटर खेलकाे विजेताले फाइनल प्रवेशका लागि बुधाबार दोस्रो क्वालिफायर खेलमा काडमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ ।