माछापुच्छ्रे बैंकद्वारा शिक्षामा सहयोग

माछापुच्छ्रे बैंकद्वारा शिक्षामा सहयोग

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

२०७४ साल चैत्र २४ गते एक कार्यक्रमका बिच बैंकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पिडित १५ जना विद्यार्थीलाई पाँच महिना सम्म शैक्षिक शुल्क तथा सामग्रीका लागि पुग्ने गरी एक लाख ५० हजार सहयोग प्रदान गरेको हो ।

त्यस्तै, २०७४ साल चैत्र २६ गते बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि कार्यरत संस्था टिच फर नेपाललाइ समेत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाबाट चेक हस्तान्तरण गरिएको बताइएको छ । बैंकले पूर्व झापादेखि पश्चिम कन्चनपुरका साथै हिमाल देखि पहाड, र तराइसम्म आफ्ना ६२ शाखा, चार एक्सटेन्सन काउन्टर लगायत १५ शाखा रहित बैंकिङ सेवा समेत ८० स्थानबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकका देशभर ८६  एटीएम संचालनमा छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.