१७ वर्षपछि अतिक्रमित जमिन खाली

१७ वर्षपछि अतिक्रमित जमिन खाली

धनगढी : धनगढी उप–महानगरपालिका-१ मा रहेको अतिक्रमित जमिन खाली गरिएको छ। नगर विकास समितिको पहलमा १७ वर्षपछि अतिक्रमित जमिन खाली गरिएको हो। २०५७ सालदेखि उक्त जमिन अतिक्रमण गरी मुक्त कमैया बस्दै आएका थिए।

वर्तमान नगरविकास समितिका अध्यक्ष छत्रबहादुर शाहीको पहलमा अतिक्रमित जमिन खाली गरिएको हो। मुक्त कमैयालाई अन्तै जमिन दिने सहमति गरेर अतिक्रमित जमिन खाली गरिएको नव नियुक्त अध्यक्ष शाहीले बताए।

धनगढी नगरविकास समितिको स्वामीत्वमा रहेको पुरानो विमानस्थलको अतिक्रमित क्षेत्र खाली गरिएको हो।मानव बस्तीबीचमा विमानस्थल उपयुक्त नभएपछि विमानस्थल धनगढीबाट झन्‍डैं अाठ किलोमिटर टाढा गेटामा सारिएको थियो।

उनीहरुलाई सोही ठाउँको छेउमा रहेको नगर विकास समितिको जमिनमा ५ धुरका दरले लालपूर्जा दिने सहमतीमा जमिन खाली गरेको अध्यक्ष शाहीले जानकारी दिए।'छेउमा रहेको ११ कट्ठा जमिनमा उनीहरुलाई व्यवस्थापन गरी जमिन खाली गराउन सफल भएका छौं,' अध्यक्ष शाहीले भने, 'प्रति परिवार ५ धुरका दरले लालपूर्जा दिने सहमती भएको छ।'

उक्त ठाउँमा ५३ परिवार मुक्त कमैया बसोबास गर्दै आएका थिए। केही व्यक्तिले हट्न अटेर गरेपनि सम्झाइ बुझाइ खाली गर्ने काम सुरु गरेको शाहीले बताए। झण्डै पौने दुई विघा रहेको उक्त क्षेत्रमा खुलामञ्च बनाइने छ।

यसअघिका नगर विकास समितिले गर्न नसकेको काम शाहीको पहलमा गरिएको हाे। पहिलेको खुला मञ्च अथवा कभर्ड हलमा रंगशाला बनाइएपछि धनगढीमा मेला महोत्सव र आमसभा गर्नका लागि खुला ठाउँको अभाव हुँदै आएको थियो।

'धनगढी उप–महानगर क्षेत्रमा खुला ठाउँको ठूलो समस्या छ। अब सो जमिन खाली भएपछि त्यसलाई खुलामञ्च बनाइने छ' शाहीले भने। नगर विकास समितिमा नियुक्त भएलगत्तै शाहीले गरेको यो कामको सबैले प्रश‌ंसा गर्न थालेका छन्।

खाली गरिएको जमिनमा खुला मञ्च मात्रै होइन, त्यसलाई प्रर्दशनीस्थल र हाटबजारका रुपमा विकास गरिने नगर विकास समितिले जनाएको छ। धनगढीमा खुल्ला ठाउँको आवश्यकता महशुस भइरहेको समयमा सबैको सहकार्यमा जमिन खाली गर्न सकिएको शाहीले बताए।

उनले धनगढी उप–महानगरापलिकाका मेयर नृपबहादुर वडको पनि सकारात्मक भूमिका रहेको बताए। यसअघि सार्वजनिक कार्यक्रम, राजनीतिक दलका आमसभा खुला सडकमा हुने गरेका थिए। 'जग्गा खाली भएसँगै अब त्यो समस्या हल हुने, शाहीले भने।

भुकम्प वा अरु कुनै दैविक विपत्ति आएमा पनि धनगढी बजारमा खुला चौर छैन। पछिल्लो समय धनगढीमा मानव बस्ती ह्वात्तै बढेको छ। खाली जमिन नहुँदा यहाँ आयोजना गरिने महोत्सव, सभा सम्मेलन गर्न स्थानीयले सास्ती भोग्नु परेको छ।

'यसले दैवीय विपत्तिमा पनि काम गर्नेछ' शाहील भने। धनगढीमा प्रदेश ७ को अस्थायी राजधानी भएपछि बसाइ-सराइ पनि बढ्न थालेको छ। १९ वडा रहेको उप–महानगरमा प्रर्दशनी स्थल, तरकारी हाट बजार व्यवस्थित छैनन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.