न्यूरोडका व्यापारीसँग चन्दा माग्दै गर्दा विप्लवका कार्यकर्ता पक्राउ
![न्यूरोडका व्यापारीसँग चन्दा माग्दै गर्दा विप्लवका कार्यकर्ता पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Netra-Bikram-Chand-Biplav-5accb7439b6ab8.26684518_oEdJjFr7At.jpg)
काठमाडौं : न्यूरोड दरबारमार्ग लगायतका क्षेत्रका व्यापारीसँग चन्दा माग्दै गरेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुली कमलामाईका नविन केसी, कैलाली गोदावरीका प्रज्वल शाही, हुम्ला खापुनाका सन्तोष ऐरी र रोल्पा सुकी दहका रामकुमार डाँगी छन्।
उनीहरुले न्यूरोडका व्यापारीसँग चन्दा माग्दै गर्दा काठमाडौं प्रहरीको सादापोशाकमा खटिएका प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार पक्राउ गर्न गएको प्रहरी देखेपछि चन्दाको लेटरप्याड च्यातेर भागेपछि नियन्त्रणमा लिइएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)