सामूहिक बलात्कारमा संलग्न पाँच जेल चलान
काठमाडौं : नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँचलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
गएको फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले मंगलबारको काठमाडौं जिल्ला अदालतको आदेशानुसार उनीहरुलाई जेल चलान गरिएको बताए । रासस