राजपा नेता महन्थ ठाकुर र महेन्द्र यादव दिल्लीमा

राजपा नेता महन्थ ठाकुर र महेन्द्र यादव दिल्लीमा

नयाँ दिल्ली: राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली आइपुगेका हुन् ।

यादव सोमबार नै दिल्ली आइपुगेका हुन भने र ठाकुर मंगलबार दिउँसो । ठाकुरलाई विमानस्थलमा राजपा पार्टीनिकट विद्यार्थी युनियनका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।

ठाकुरको बुधबारदेखि हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार शुरु गरिने पार्टी प्रवक्ता कृष्णा सिंह(राजपूत)ले अन्नपूर्णलाई जानकारी दिए । नेता ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो ।

मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । त्यसको चार महिनापछि उनी फलोअपका लागि मेदान्ता आएका थिए । मधेस आन्दोलन र निर्वाचन लगायत राजनीतिक व्यस्तताका कारण त्यसयता उनले चेकजाँच गराउन पाएका थिएनन् । ‘दुइ वर्ष हुन लागिसक्यो, उहाँ फलोअपमा आउन पाउनु भएको थिएन्,’ सिंहले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने राजकीय भ्रमण सकेर काठमाडौं फर्केको दुइ दिन भित्र राजपाकाका दुई नेता उपचारकालागि दिल्ली आइपुगेका छन् । यो संयोग हो कि पूर्वयोजना भन्ने जिज्ञासामा प्रवक्ता सिंहले भने, 'उहाँको चेकजाँच गराउने योजना प्रधानमन्त्रीको भ्रमणभन्दा अघिदेखि कै हो । बरु प्रमको भ्रमण भएका कारण उहाँको समयपछि सारिएको हो ।’

प्रधानमन्त्रप्रधानमन्त्रीको भ्रमणलगत्तै भएको दुई नेताको दिल्ली आगमनले राजनीतिक वृत्तमा चासो बढाएको छ । ठाकुर दिल्ली आएलगत्तै भारतीय राजनीतिज्ञहरुले उनको हालचालबारे खबर लिएको बुझिएको छ ।

तर आधिकारिक रुपमा कसकसले उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेको प्रवक्ता सिंहले बताउन चाहेनन् । उपचारपछि भारतीय नेताहरुसँग भेटघाट हुन सक्ने कुरामा भने उनले सही थापे । 'स्वभाविक रुपमा उहाँ आएपछि भारतीय राजनीतिज्ञहरुसँग भेटघाट हुन्छ नै', उनले अन्नपूर्णलाई भने ।

अर्का नेता यादब भने सोमबार नै दिल्ली आइपुगेका हुन् । यादवले भने मंगलबार नै मेदान्ता अस्पतालको ओपिडी सेवामा चेकजाँच सुरु गरिसकेका छन् । उनले मंगलबार नै मुटुरोग तथा पेसमेकर विशेषज्ञ डा. कार्तिक भार्गवसँग चेकजाँच गराएको अस्पताल श्रोतले जनाएको छ ।

भारतले मधेसको मुद्दालाई छाडिसकेको भन्ने अडकलबाजी भइरहेको समयमा दुई नेताद्धयको दिल्ली आगमनले चासो बढाएको छ । उपचारका क्रममा दुवै नेता एक सातासम्म दिल्ली बस्न सक्ने बुझिएको छ । नेता ठाकुरसँगै मधेसी महिला नेतृ चन्दा चौधरी पनि सँगै छिन् ।

प्रधानमन्त्रीको भ्रमणका समयमा मधेस मुद्दाका विषयमा भारतीय प्रधानमन्त्री मोदीले मधेसबारेमा चासो राखेका थिए । त्यसको प्रत्युत्तरमा नेपालका प्रधानमन्त्री ओलीले मधेसको समस्या समाधान भइसक्यो भन्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि यस विषयमा थप चर्चा नभएको बुझिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.