एकल नाटक महोत्सवको मैझारो

एकल नाटक महोत्सवको मैझारो

काठमाडौं : सर्वनाम थिएटरले आफ्नो ३६औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सकिएको छ । चैत १९ देखि सुरु भएको महोत्सवको अन्तिम दिन तीन नाटक प्रदर्शन गरिएको थियो । नेपालको एउटा र हङकङका दुई नाटक मञ्चन गरिएका थिए ।

 नेपालबाट वीरेन्द्र हमालको निर्देशनमा ‘देउकासी’ सुरुमा मञ्चन गरियो । पुरु लम्सालको लेखन रहेको नाटकमा सुशीला थापाले अभिनय गरेकी थिइन् । ६५ वर्षीया अविवाहित महिलाको कथालाई नाटकमा देखाइएको थियो ।

 पछिल्ला दुई नाटक हङकङका तर्फबाट प्रदर्शन गरिएको थियो । दोस्रो नाटक ‘सिटी फ्लेस’मा हङकङकी इदी लम फुन हिउको लेखन, निर्देशन तथा अभिनय रहेको थियो । करिब ३० मिनेटको नाटकमा एउटी केटीले सहरमा कुनै पनि ठाउँ नपाएको कथा छ ।

 हङकङकै अर्को नाटक ‘फिप्टी इअर्स रिमेनिङ अनचेन्ज्ड’ मक चिउ युले प्रस्तुत गरेका थिए । उनकै लेखन, निर्देशन तथा अभिनय रहेको नाटकमा मकले दर्शकलाई मज्जाले हँसाएका थिए ।

 कार्यक्रममा लन्डनबाट नाटक मञ्चनका लागि आएका निर्देशक माइकल उडउडले यो महोत्सवले सम्पूर्ण देशलाई एकै ठाउँमा भेला गराएको र नेपाललाई नजिकबाट चिन्न सहयोग गरेको बताए । महोत्सवमा सहभागी सबै स्वदेशी तथा विदेशी कलाकारलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

 महोत्सव समापन गर्दै सर्वनाम थिएटरकी प्रबन्ध निर्देशक डा. सावित्री कक्षपतिले सर्वनामले शून्य बजेटमा पनि अन्तर्राष्ट्रियस्तरको महोत्सव आयोजना गर्न सफल भएकोमा सम्पूर्ण रंगकर्मी तथा स्वयंसेवकलाई धन्यवाद दिए । चार दिनसम्म चलेको महोत्सवमा १४ नाटक मञ्चन भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.