सदरमुकामसँग जोडियो चेपाङ बस्ती

सदरमुकामसँग जोडियो चेपाङ बस्ती

मकवानपुर : निर्माण सुरु भएकोे चार दशकपछि चेपाङ बाहुल्य रहेको पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र राजमार्गसँग जोडिने भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी बजारदेखि राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरसम्म मोटरबाटोको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको हो।

२०३४ सालदेखि चेपाङ गाउँ जोड्न मोटरबाटोको ट्र्याक खोल्ने काम सुरु भएको थियो। तर तत्कालीन जिल्ला विकास समिति र गाविसले दिने रकम बर्खामा आएको पहिरो पन्छाउँदै गोरेटो बनाउन सीमिति थियो। दुई दशकसम्म लगानी गर्दा पनि सडकको ट्र्याक नखुलेपछि जिविस मकवानपुरले २०५० सालदेखि उक्त सडक निर्माणमा बजेट खर्च गर्न बन्द गरेको थियो।

दुई दशकपछि स्थानीय तहको निर्वाचन भएपछि प्राथमिकता दिएर गाउँपालिकाले सदरमुकामसम्मको मोटरबाटो निर्माण थालेको हो। ‘वैशाख पहिलो हप्तासम्म सडक निर्माण सक्ने लक्ष्यका साथ काम गरिरहेका छौं’, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘सडक निर्माणको करिब ९० प्रतिशत काम सकिएको छ।’

एक करोड १७ लाख रुपैयाँ लगानीमा गाउँपालिकाले दुईवटा उपभोक्ता समितिमार्फत सडक निर्माणको काम गरिरहेको छ। ‘मनहरि बजारदेखि आँपखोल्चीसम्म एउटा र आपखोल्चीदेखि चैनपुरसम्म अर्को खण्ड बनाएर काम भइरहेको छ’, गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले भनिन्, ‘सडक निर्माणपछि खोला र भीरको जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयलाई ठूलो राहत पुग्नेछ।’

चैनपुरसम्म सडक नहुँदा स्थानीय बर्खामा भीर र हिउँदमा खोलाबाट मोटरको यात्रा गर्न बाध्य छन्। हिउँदमा कैलाश र राक्सिराङ गाउँपालिकाका स्थानीय करिब २५ किमि खोलैखोला मोटरबाटो यात्रा गर्छन्। कात्तिकदेखि जेठसम्म खोलाको बाटो आठवटा बस सञ्चालन हुने गरेका छन्।

सडक नहुँदा स्थानीय बर्खामा भीर र हिउँदमा खोलाबाट यात्रा गर्न बाध्य थिए।

‘मोटर नचल्दा बिरामी अस्पताल लैजान र बर्खाको समयमा बजार आउन धेरै समस्या छ’, राक्सिराङ-३ की सुनमाया चेपाङले भनिन्, ‘मोटर गुड्यो भने धेरै सजिलो हुने थियो।’ मनहरिदेखि चैनपुरसम्म सडक निर्माण हुँदा यस क्षेत्रका साविकका राक्सिराङ, खैराङ, काँकडा, सरिखेत, भार्ता, कालिकाटार, डाडाँखर्क र धादिङको महादेवस्थान गाविसका जनता लाभान्वित हुनेछन्।

जिल्लाकै विकट राक्सिराङ गाउँपालिकाका केन्द्र चैनपुरबाहेक अन्य सात गाउँपालिकाको केन्द्रसम्म मोटरबाटो पुगिसकेको छ। सडक अभावले स्थानीय उत्पादन बजारसम्म लैजान नपाउँदा यहाँका प्रायः पुरुष ज्यालामजदुरी गर्न सहर जाने गरेका छन्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.