पर्यटक बसबाट ११२ थान मोबाइल बरामद : चालक र सहचालक पक्राउ
काठमाडौं : दिल्ली काठमाडौं चल्ने पर्यटक बसमा लुकाएर ल्याइएका ११२ थान मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको निर्देशन लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीले गरेको चेकजाँचका क्रममा अवैध मोबाइल भेटिएपछि दिल्लीबाट काठमाडौं आउँदै गरेको वा ५ ख १२३५ नम्बरको पर्यटकका चालक र सहचालक पक्राउ परेका हुन्।
प्रहरीका अनुसार चालक बस्ने सिटमाथि फल्स बटम बनाई लुकाएर ल्याइएका मोबाइल बरामद भएपछि चालकद्वय रामेछाप दोरम्बा गाउँपालिका ७ घर भएका कृष्ण थापामगर, दोलखा घर भएका ५६ वर्षीय हरिबहादुर श्रेष्ठ र सहचालक सिन्धुली कमलामाई नगरपालिका ७ घर भएका २४ वर्षीय भुवनबहादुर भुचेल पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान भइरहेको बताएको छ।
सँगै प्रहरीले उक्त मोबाइल लिने आउँने संखुवासभा धर्मदेवी ३ स्थायी घर भएर अहिले स्वयम्भू १५ बस्ने तिलक श्रेष्ठ र सुमित्रा श्रेष्ठमाथि समेत अनुसन्धान सुरु गरेको छ।
बरामद माेबाइल
सामसुङ्ग कम्पनीको मोवाईल थान-४०
एम.आई.मोवाईल सेट थान-३८
भिभो कम्पनीको मोवाईल सेट थान-१३
ओपो कम्पनीको मोवाईल सेट थान-११
प्लस वन कम्पनीको मोवाईल सेट थान-४
हवाई कम्पनीको मोवाईले सेट थान-४
हनर कम्पनीको मोवाईल सेट थान-२
लेट टिभी कम्पनीको मोवाईले सेट थान-२
टेक्नो कम्पनीको मोवाईले सेट थान-१
लेनोभो कम्पनीको मोवाईल सेट थान-४
कलर्स कम्पनीको मोवाईल सेट थान-६
नेकिया कम्पनीको मोवाईल सेट थान-२
लेगो कम्पनीको मोवाईले सेट थान-१
एल.जी.कम्पनीको मोवाईल सेट थान-१
कुल कम्पनीको मोवाईल सेट थान-१