अन्तराष्ट्रिय म्याराथन लाङटाङमा
काठमाडौं : पर्यटन प्रर्वधन गर्ने लक्ष्यले लाङटाङ अन्र्तराष्ट्रिय म्यराथान हुने भएको छ। तीन हजार आठ सय ७० मिटरको केन्जिङगोन्पादेखि स्याफ्रुबेशीसम्मको ४२ किलोमिटर दूरीको लाङटाङ म्याराथान वैशाख १२ गते सम्पन्न हुने छ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पले लाङटाङमा पुर्याएको क्षतिले विश्वभर पर्यटन क्षेत्रमा नकरात्मक सन्देश गएकाले सकारात्मक प्रचारका लागि म्याराथन आयोजना गरेको हो।
लाङटाङ पर्यटन क्षेत्रको पुर्नस्थापन गर्न, पदयात्रा सुराक्षित रहेको सन्देश दिन म्याराथनले सहयोग पुग्ने टानका महासचिव आङपेम्वा शेर्पाले बताए। टानले २०७३ सालदेखि यस क्षेत्रमा म्यराथान आयोजना गर्दै आएको छ। यो तेस्रो संस्करण हो।
अप्रिल २२ मा टानको म्याराथनको लागि टोली स्याफ्रुबेशीतर्फ प्रास्थान गर्नेछन् भने अप्रिल २४ मा केन्जिङ गोन्पा पुगी अप्रिल २५ मा म्याराथन सुरु हुनेछन। सोही दिन नै स्याफ्रुबेशी पुगेपछि समापन हु्नेछ। कार्यक्रमका संयोजक ऋतु ग्याम्दान तामाङले पर्यटनको प्रर्वद्धनमा खेलकुदको भूमिका महत्वपपूर्ण हुने भएकोले विदेशी खेलाडीसहित सय बढीको सहभागिता रहने बताइन्।