वनलाई रोजगारी क्षेत्र बनाउने मन्त्रीको घोषणा

वनलाई रोजगारी क्षेत्र बनाउने मन्त्रीको घोषणा

काठमाडौं : मुलुकलाई समृद्ध बनाउन अब वन क्षेत्रलाई रोजगारीको क्षेत्र बनाउने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । वन क्षेत्र रोजगारीको अवसर वृद्धि गर्ने प्रशस्त अवसर भएकाले सरकारले उच्च प्राथमिकताका साथ कार्यक्रम र योजना अघि बढाउन सुरु गरेको बताए ।

जल, जंगल र जमिनको समुचित उपयोगबाट समृद्धि हासिल गरिने भन्दै वन मन्त्रालयले रोजगारका कार्यक्रम अघि सारेको छ । जल जंगल पर्याप्त भएपनि समूचित व्यवस्थापन हुन नसकेको उनले बताए ।

काठको उत्पादन मुलुकमै हुने भएपनि आयात बढी रहेको तथा जंगलको उपयोग काठ दाउरामा मात्र केन्द्रीत भएको मन्त्री बस्नेतको भनाइ छ । वनलाई उद्यमसँग जोडिनुपर्ने भन्दै उनले आगामी आर्थिक वर्षबाट के कतिलाई रोजगारी दिन सकिन्छ भन्नेबारे मन्त्रालयले योजनासाथ अघि बढेको बताए ।

हिमालय ग्रामीण प्राकृतिक स्रोत व्यवस्थापन महिला समूह हिमवन्ती नेपालको चौथो महाधिवेशनको अवसरमा बुधबार काठमाडौमा भएको कार्यक्रममा मन्त्री बस्नेतले समृद्धिको नारा भविष्यको नभई वर्तमानकै कार्यसूचि बनाएर अघि बढ्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए । मुलुकको समृद्धिका लागि वन क्षेत्रको योगदानमा वृद्धि गर्न आवश्यक नीतिगत, संरचनागत र कार्यशैलीगत सुधार गर्नु जरुरी रहेकाले यस्ता योजना पनि अघि सारेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.