माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नौ महिनाभित्र सक्न प्रधानमन्त्रीको निर्देशन

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना  नौ महिनाभित्र सक्न प्रधानमन्त्रीको निर्देशन

दोलखा : प्रधानमन्त्री केपी ओलीले स्वदेशी लगानीको सबैभन्दा ठूलो राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अबको नौ महिनाभित्र (आगामी पुससम्ममा) विद्युत् उत्पादन हुने गरी काम गर्न निर्देशन दिएका छन् । नेपालका लागि चिनियाँ राजदूत यु होङसहितको टोली लिएर बुधबार आयोजनास्थल पुगेका ओलीले यस्तो निर्देशन दिएका हुन् । आयोजनाका सम्बन्धमा सरकारका कुनै पनि निकायले लापरबाही वा गैरजिम्मेवारीपन देखाए आफूलाई सीधै जानकारी गराउनसमेत प्रधानमन्त्री ओलीले आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन् ।

भूमिगत विद्युत्गृहको निरीक्षणपश्चात आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले निर्धारित समयभन्दा एक दिन पनि ढिला नगरी आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिए । ओलीले एक दिन पनि विद्युत् उत्पादन ढिला भए दैनिक चार करोडको घाटा हुने उल्लेख गरे । आयोजनाका ६ मध्ये पहिलो युनिटबाट आगामी २०७५ पुससम्ममा विद्युत् उत्पादन गर्ने कार्यतालिका छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हाइड्रो–मेकानिकलतर्फको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले ढिलो काम गरेको कारण आयोजना निर्धारित समयमा सम्पन्न नहुने प्रधानमन्त्री समक्ष अवगत गराए । उनले कूटनीतिक माध्यम प्रयोग नै गरेर भए पनि काम छिटो गराउन पहल गर्नुपर्नेमा जोड दिएका दिए । राष्ट्र बैंकले डलर सटहीमा ढिलासुस्ती, लामोसाँघु–जिरी सडकको स्तरोन्नतिमा भएको ढिलाइका कारण आयोजना समस्या रहेको श्रेष्ठले जानकारी गराएका थिए ।

निर्माणाधीन ४५६ मेगावाट क्षमताको आयोजनाको ९४.४० प्रतिशत कार्य सम्पन्न हुँदा ३७ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

प्रधानमन्त्री ओलीसहित ऊर्जामन्त्री वर्षमान पुन, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलगायतको टोलीले आयोजनाको लामाबगरस्थित बाँधस्थल, डिस्यान्डर बेसिनलगायत निरीक्षण गरेको थियो । दोलखाको विगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको आयोजनाको ९४.४० प्रतिशत कार्य सम्पन्न हुँदा ३७ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.