बाबु–आमाको निधन भएको चार वर्षपछि बच्चाको जन्म

बाबु–आमाको निधन भएको चार वर्षपछि बच्चाको जन्म

एजेन्सी : बाब–ुआमा मरेको चार वर्षपछि चीनमा एक बच्चाको जन्म भएको छ । कार दुर्घटनामा बाबु–आमाको मृत्यु भएको चार वर्षपछि  सेरोगेट मदरबाट ती बच्चा  जन्मिएका हुन् ।

बच्चाका बाबु आमाको सन् २०१३ मा कार दुर्घटनामा मृत्यु भएको थियो ।  यही बेला उनीहरुका धेरै भु्रण चिस्यान गरेर नान्जिङ अस्पतालमा राखिएको थियो । दुर्घटनापछि उनीहरुको भू्रण प्रयोग गर्न  ‘ग्रेन्डप्यारेन्टस’ले कानुनी लडाई लड्नु परेको थियो ।

२०१७ डिसेम्बरमा त्यही भू्रणबाट  सेरोगेट आमाले  त्यो बालकको जन्म  दिएका  चिनिया सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । दुर्घटनाको समयमा नै नान्जिङ अस्पतालमा ती दम्पतीको  भू्रणलाई माइनस १९६ डिग्री सेन्टिग्रेड चिसो तापक्रम भएको  तरल नाइट्रोजन ट्याङ्कमा राखिएको थियो ।

अदालती लडाईमा चार ‘ग्रेन्डप्यारेन्टस’ लाई प्रजननका लागि त्यो भ्रूण प्रयोग गर्ने  अधिकार प्राप्त भयो । यसभन्दाअघि यसरी बालबालिकाको भ्रूणलाई प्रजनन अधिकार दिएको नजिर छैन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.