३३ किलो सुन तस्कारीः विमानस्थलका लोडरले हिरासतमै आत्महत्या गरे

३३ किलो सुन तस्कारीः विमानस्थलका लोडरले हिरासतमै आत्महत्या गरे

काठमाडौँः ३३ किलो सुन तस्करीमा मुछिएका एक अभियुक्तले हिरासतमै आत्महत्या गरेका छन्  । त्रिभुवन विमानस्थलमा लोडरका रुपमा कार्यरत प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमै झुन्डिएर आत्महत्या गरेका हुन् । 

प्रहरीका अनुसार चौधरीले वृत्तको हिरासतमा रहेको शौचालयमा पासो लगाएर आत्महत्या गरेका हुन् । उनीमाथि ३३ किलो सुन तस्करीमा मतियार भएको आरोप लगोको थियो । चौधरीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको आशंकामा गृह मन्त्रालयद्वारा गठित छानविन समितिले विस्तृत अनुसन्धान थालेको छ । समितिले हालसम्म २० जनालाई नियन्त्रणमा लिइसकेको थियो । 

गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा थाई एयरलाइन्सका ११ जना कर्मचारी, नेपाल एयरलाइन्सका तीन जना कर्मचारी र अन्य व्यवसायी छन् । 

समितिले केही दिन अघि मात्रै मनाङ होटलका मालिक भुजुङ गुरुङलाई समेत नियन्त्रणमा लिएको थियो । त्यसैगरि व्यवसायीहरु बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.