अद्‍भुत रारा

अद्‍भुत रारा

चैत १५ गते रारा ताल पुग्दा करिब ३ बजेको थियो। राराको मनमोहक दृश्य देख्नासाथ हामी फोटो खिच्ने तयारीमा लाग्यौं। छोरा, छोरी र श्रीमतीको फुर्सद मिलेका बेला हामी रारा घुम्न निस्केका थियौं। परिवारका सबै सदस्यका लागि राम्रो मौका थियो, राराको घुमाइ। मेरो परिवारका लागि राराको छनोट र भ्रमण अत्यन्त सुन्दर र अविस्मरणीय रह्यो।

चारैतिर हिमालको सेतो शुद्धता अनि रारा तालको रंगीविरंगी पानीको आकारप्रकारले मन्त्रमुग्ध पार्‍यो। हामी रारा पुगेको दिन त्यहाँ हिउँ पर्‍यो। चैतमा पनि हिउँ पर्छ भन्ने कल्पना हामीले गरेका थिएनौं। हिउँ परेको त मैले पहिलोपटक देखेको हुँ।

तथ्यांकअनुसार रारा करिब पाँच किमी लम्बाइ र तीन किमि चौडाइमा अवस्थित छ। समुद्री सतहबाट करिब तीन हजार फिटको उचाइमा पर्छ। अचेल रारा जानेहरू बढ्दै छन्। मुगु जिल्लाको सदरमुकाम गमगढीबाट स्थानीयवासी करिब अढाई घन्टामा रारा पुग्दा रहेछन्। सुर्खेत र नेपालगन्जबाट जिप लिएर गमगढी पुग्न सकिन्छ। करिब ४५ हजार रुपैयाँमा आठजना अट्ने जिप सुर्खेतबाट लिन सकिन्छ। कालीकोट, मुगु र जुम्ला हँुदै करिब पाँचौं दिनमा सुर्खेत पुगिन्छ।

रारामा खानपिन पनि महँगो छैन। करिब दुई सय रुपैयाँमा एक छाकको खाना पाइन्छ। एउटा कोठाको करिब एक हजार रुपैयाँ पर्छ।

ताल्चा विमानस्थल मुगुको एकमात्र विमानस्थल हो। हामी ताल्चाबाट हिँडेर करिब साढे तीन घन्टामा रारा पुग्यौं। नेपालगन्जबाट मकालु एअरको जहाजमा लगभग ४५ मिनेटको उडानपछि ताल्चा विमानस्थल पुग्दा दिनको १२ बजेको थियो।

रारा नेपालको उच्च हिमाली भागमा अवस्थित छ। सो ठाउँमा प्रशस्त हिउँ पर्छ। तर, जाडो मौसममा पनि राराको पानी जम्दैन। वरिपरि हिउँले ढाकिएको हुन्छ। रारावरिपरि रहेको जंगल, अग्लाअग्ला सल्ला र धुपीहरू सुसाइरहेको मनमोहक प्राकृतिक सुन्दरता देख्न पाइन्छ। जाडो मौसममा हिउँ पर्ने भएकाले चैतबाट मात्र वास्तवमा राराको मौसम सुरु भएको मानिँदो रहेछ। दसैं र तिहारको बीचमा रारामा राम्रै संख्यामा पर्यटकको उपस्थिति हुँदो रहेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.