अमेरिकाले सिरियाविरुद्ध युद्ध थाल्यो, बेलायत र फ्रान्स पनि साथमा
एजेन्सी: अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाविरुद्ध आक्रमणको घोषणा गरेका छन् । उनले बेलायत र फ्रान्सको सहयोगमा सिरियाविरुद्ध मिसाइल हमलाको अनुमति दिएका हुन् ।
यो आक्रमण अघिल्लो साता सिरियाको कस्बे दुमामा भएको कथित रासायनिक हमलाको प्रतिक्रियाका रूपमा गरिएको हो ।
ट्रम्पले देशको नाममा आफ्नो एक सन्देशमा भनेका छन्, 'फ्रान्स र युनाइटेड किङ्गडमको सशस्त्र सेनासँगै एक सशस्त्र अपरेशन सुरु गरिएको छ ।'
अमेरिकाको यो घोषणासँगै सिरियाको राजधानी दमास्कस नजिकै भीषण बमबारीका आवाज सुनिएका छन् ।
बेलायती प्रधानमन्त्री टेरिजा मे ले यस हमलामा आफूहरु सामेल हुने पुष्टि गर्दै भनिन्, 'बल प्रयोगका अलावा कोही अरु व्यावहारिक विकल्प हामीसँग थिएन ।'
तर पनि उनले तीन देशको मिसाइल हमलाको उद्धेश्य केबल 'सत्ता परिवर्तन' मात्रै नभएको जिकिर गरिन् । ट्रम्पले यो आक्रमण सिरियाली सरकारको 'रासायनिक हतियार बनाउने ठेगाना' गर्न आदेश दिएका छन् ।
अमेरिकी राष्ट्रपतिले यो आक्रमणको उद्धेश्य 'रासायनिक हतियारको प्रयोग, प्रसार र उत्पादनमाथि अंकुश' लगाउने एउटा कोशि हो ।
सिरियाली राष्ट्रपति बसर अल असदकोबारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपतिले अगाडि भने, "यो कुनै मान्छे नै होइन, यो त एक सैतानको अपराध हो ।'
सिरियाले भने कुनै पनि रासायनिक हमला गरेको कुरालाई इन्कार गर्दै आएको छ। सिरियाको सहयोगी देश रूसले यदि सिरियाविरुद्ध पश्चिमी देशले कुनै सैन्य कारबाही गरेमा युद्ध सुरू हुने चेतावनी दिएको थियो ।