राराबाट देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालबाट देशबासीको नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकले नयाँ गति लिएको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ लम्किनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले समृद्धिको युग सुरु भएको भन्दै अब के नेपाल बन्छ ? के नेपाली समृद्ध बन्छन् ? भनेर प्रश्न गर्ने दिन गएका पनि ठोकुवा गरे ।
जनताको ठुलो विश्वाससहितको जनप्रतिनिधिका रुपमा आफू उभिएकाले कुनै बहाना नगरी देश विकासतर्फ अघि बढ्ने उनले जिकिर गरे ।
'आफ्नो देश आफैँ बनाउन सक्छौ', भन्ने उच्च मनोबल र दृढताका साथ आर्थिक समृद्धि अभियान थालिने पनि उनले घोषणा गरे ।
प्रधानमन्त्री ओलीले गौतम बुद्धलाई सम्झिँदै देश तथा विदेशमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आह्वान गरे । उनले अब, 'शान्ति र करुणा भएको मुलुकमा बुद्धको उपदेशलाई अनुसरण गर्दै अघि बढ्नुपर्छ', भने ।