कविता सुनाइरहेको सहर

कविता सुनाइरहेको सहर

एउटा सहरलाई आफू जिउँदै रहेको खबर दिइरहन त्यति ठूलो सकस गरिरहनु पर्दैन। यसले आफू जिउँदो रहेको कथा दिनहुँ अखबारमा सुनाउने गर्छ– आफ्ना कला, साहित्य र सांस्कृतिक गतिविधिहरू मार्फत।

एकपटक प्रसिद्ध भारतीय कथाकार निर्मल बर्मालाई पेरिसमा त्यहाँका स्थानीय पत्रकारले एउटा रमाइलो प्रश्न गरे, ‘मानौं संसार ध्वस्त भयो र एउटा सहर मात्रै बाँच्यो। त्यो कुन चाहिँ सहर बाँचे विश्व अहिलेकै अवस्थामा चाँडै आइपुग्न सफल हुनेछ ? ’ बर्माले उक्त प्रश्नको उत्तर कुनै पनि समय नलगाइकन तुरुन्तै दिए, ‘पेरिस !’ उनले त्यहाँ उपस्थित आफ्ना फ्रान्सेली पाठकहरूलाई खुसी पार्न मात्रै त्यसो भनेका थिएनन्। पेरिसको कला, साहित्य, सांस्कृतिक महत्व र त्यस विषयहरूमा विश्वलाई त्यस सहरले दिएको योगदान र प्रभाव थियो, जसलाई बर्माले मज्जाले बुझेका थिए।

त्यस्तै फ्रान्स र त्यहाँको साहित्यसँग जोडिएको अर्को एउटा महत्वपूर्ण घटना छ। ज्याँ पाल सात्र्रको राजनैतिक व्यंग्यहरूबाट हार खाएका तत्कालीन राष्ट्रपति डेगालका आसेपासेहरूले एकदिन राष्ट्रपतिलाई भनेछन्, ‘यो सात्र्रले हामीलाई साह्रै दुःख दियो। कुनै अभियोग लाएर भए पनि यसलाई जेल पठाउनुपर्छ।’ त्यसको उत्तरमा डेगालले भनेका थिए, ‘म मेरो राष्ट्रलाई थुन्न सक्दिनँ।’ एउटा लेखक बराबर राष्ट्र मानिनु त्यो पनि तत्कालीन समयको मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिबाट, साधारण कुरा थिएन।

आज फ्रान्स कला, संस्कृति र साहित्यिक रूपमा विश्वमै अग्रस्थानमा देखिनु त्यही दुई घटनाको जगमा उभिएको छ। यस्तै इतिहासको कारण र गतिशील वर्तमानले गर्दा जबजब कला र साहित्यको कुरा आउँछ आज संसार नै पेरिसतर्फ फर्किन बाध्य हुन्छ।

बेलायतमा एउटा सानो सहर छ, स्ट्र्याटफोर्ड अपन एभोन। तर, यसले सिंगो बेलायत र पूरै विश्वमा पारेको प्रभाव हामीले कल्पना गरेभन्दा निकै ठूलो छ। फिस्टे सहरको वार्षिक पर्यटकीय आम्दानी बेलायतको राजधानी लन्डनले गर्ने जत्तिकै हुन्छ। त्यहाँको राज्यले करिबकरिब चारपाँच सय वर्षअगाडिको प्रसिद्ध कवि, लेखक, नाट्यकर्मी विलियम शेक्सपियरको घर जस्ताको तस्तै संरक्षण गरेर राखेको छ। शेक्सपियरले जुन थियटरमा नाट्यकर्म गरेका थिए, त्यसलाई हुबहु त्यस्तै सुरक्षित राखिएको छ। उनी हुर्किएको गल्ली उही र उस्तै अनुहारमा छ। र, त्यहाँ अहिले पनि दिनहुँजसो नाटक प्रदर्शनी हुन्छ। पूmलबारीजस्तो लाग्ने त्यहाँका गल्लीगल्लीमा कविता सुनाइरहेका हुन्छन् कविहरू। शेक्सपियरको घर जस्ताको तस्तै मात्रै होइन, पूरै गाउँ शेक्सपेरियन अन्दाजमा छ, वर्षौदेखि। कविहरूले मात्रै होइन, पूरै सहरले कविता सुनाइरहेजस्तो लाग्छ। त्यही भएर हो, त्यसको प्रभाव पूरै विश्वमा अलग ढंगले छ। यसको पर्यटकीय आम्दानी उच्च छ।

साहित्यिक पर्यटनका कुरा हाम्रो मुलुकमा हाम्रा राजनीतिकर्मीहरूको अगाडि गर्नु भंैसीको अगाडि बिन बजाउनु मात्रै हो। यस्ता कैयौं उदाहरण उल्लेख गर्न सकिन्छ।

लिटरेचर फेस्टिबल

पोखराले केही वर्षयता बर्सेनि लिटरेचर फेस्टिभल गरिरहेछ। यस साहित्यिक पर्वलाई बुद्धिजीवी, राजनीतिकर्मी, कलाकर्मीहरूले मात्रै नभएर देशविदेशका ख्यातिप्राप्त व्यक्तित्वहरूले बडो महत्वका साथ हेरिरहेका छन्।

काँकडभिट्टाजस्तो एउटा सानो सहरले बर्सेनि उस्तै प्रकृतिको महोत्सव गरिरहेछ। पूर्वको सिमानामा अवस्थित यो सहरलाई महोत्सव भइरहेको बेला सुदूरपश्चिमले पनि उत्ति नै चासो दिएर नियालिरहेको हुन्छ।

उता हाम्रो छिमेकी मुलुक भारतको जयपुरमा विगत एक दशकयता निरन्तर रूपमा बर्सेनि भइरहेको साहित्यिक महोत्सवले अहिले संसारकै ध्यान खिच्न सफल भएको छ। यो संसारकै सर्वाधिक महत्वको महोत्सव भनेर मानिन्छ। यो महोत्सवमा सहभागी हुन मात्रै पनि संसारभरिकै चर्चित लेखकहरू मरिहत्ते गर्छन्। अरूबेला त्यति हल्ला गर्न नरुचाउने यो सहर महोत्सवको समयमा जोडतोडले हल्ला गरिरहेको हुन्छ। एउटा क्रियटिभ हल्ला।

कुरा धरानको

जब आन्दोलन हुन्छ, राजनीति धरापमा पर्छ, संक्रमण हुन्छ, तब राजनीतिकर्मीहरूले निकै राम्ररी बुझ्छन्, साहित्य, संगीत र कलालाई। हो त्यस्तै भान भयो, धरानमा। यसलाई पनि राजधानी बनाइनुपर्छ भनिरहँदा।

शेक्सपियरको घर जस्ताको तस्तै मात्रै होइन, पूरै गाउँ शेक्सपेरियन अन्दाजमा छ, वर्षौंदेखि। कविहरूले मात्रै होइन, पूरै सहरले कविता सुनाइरहेजस्तो लाग्छ।

प्रत्येक कुरा स्टाइलमा गर्ने स्टाइलिस धरानले यो काम कतिको स्टाइलमा गर्‍यो ? प्रदेशकै राजधानी भए पनि यसको लागि धरान आफैं कत्तिको तयार छ ? राजधानी भइसकेपछि पर्ने प्रभाव र दुष्प्रभावहरूको कतिको अध्ययन गरिएको छ ? हामीले यो ठाउँको सुन्दरतालाई भविष्यको दूरदराजसम्म अझ क्षितिजको नदेखिने कर्नरसम्म अक्षुण राख्न सक्छौं कि सक्दैनौं ? सक्छौं भने हाम्रा के–के योजनाहरू छन् ? कि छँदै छैनन् ? यसबारे बहस छैन।

राज्यको विरोधाभासपूर्ण रवैया

पछिल्लो समय राज्य धेरै कुराहरूमा ‘कन्फ्युज्ड’ छ। राज्य राष्ट्रिय नीति, क्षेत्रीय, स्थानीय नीतिहरूदेखि लिएर परराष्ट्र नीतिसम्म ‘कन्फ्युज्ड’ छ। यी सबै कन्फ्युजनहरूमाझ हामी यो कुरामा कन्फर्म छौं कि राज्य ‘कन्फ्युज्ड’ छ आफ्नो कला, साहित्य र संगीतलाई हेर्ने दृष्टिकोणलाई लिएर। राज्यले एकातिर गाउँ–गाउँ, सहर–सहर अझ भनौं टोल टोलमा यसका लागि छुट्टै बजेट बनाएर काम गरिरहेको छ। अझ स्थानीय कला, साहित्यको एकेडेमी गठनका कुराहरू पनि आइरहेका छन्। एकातिर धरानजस्तो सहरमा यसको कार्यान्वयन भइसकेको खबर पनि छ भने अर्कातिर केन्द्रीय एकेडेमीले प्रसिद्ध कथाकार मनु ब्राजाकी र उहाँको मृत्युपश्चात उहाँमाथि गरिएको रवैयाले यो विरोधाभासलाई टड्कारो रूपमा सतहमा ल्याइदिएको छ।

भर्खरै स्वर्गीय भएका विजय वैद्यमाथि पनि सोही किसिमको रवैया रह्यो भन्ने चर्चा पनि छ। विजय वैद्य, एउटा यस्तो सितारवादक, जसले सितारवादनमा नेपालीपनको मिठास मात्रै घोलेनन्, नेपाली संगीतलाई विश्वव्यापीकरण पनि गरेका थिए, सुरसुधा नामको समूहमार्पmत। विडम्बना, ती दुईले देशकै कला, संगीत र साहित्यको निम्ति खडा गरिएको एउटा साझा संस्थामा मृत्युपश्चात् एकाध घन्टाको लागि पनि ठाउँ पाएन। किन ? राजनीतिको फरियाको फेरो समात्न नसक्नुमात्रै कारण होइन यसको। यो राज्यको विरोधाभासपूर्ण रवैयाको उदाहरण हो।

र, अन्त्यमा

अहिले यो समय विभिन्न ठाउँहरूमा गतिशील ढंगबाट कार्यरत छन् विभिन्न साहित्यका संस्थाहरू। पूर्वतिरबाट सुरु गर्दा दमकतिर व्यस्त देखिन्छ, नेपाल लिट्ररी ग्रुप। जसले ‘अनप्ल्ग साँझ’ भनेर कवितालाई संगीतसँग राखेर अनौठो कार्यक्रम गरिरहेछ निरन्तर केही समययता। मास्तिर फेदेन, पाँचथरतिर सक्रिय छन् पाँचथर गजल मञ्च र नौलो साहित्यिक बिहानीजस्ता संस्थाहरू। झोराहाट, मोरङ व्यस्त देखिन्छ ‘गाउँमा कविता’ गर्न। विराटनगरको व्यस्तताको त कुरै नगरौं। यो सहरको सांस्कृतिक, साहित्यिक र कलासम्बन्धी चेत र गतिविधिको त हरेक सहरले ईष्र्या गरिरहन्छ।

हेटौंडा र चितवनतिर साहित्य संगम मकवानपुर, अक्षर समूहजस्ता दर्जनौं गतिशील संस्थाहरू छन्, जसले सहरको गतिशीलतामा ऊर्जा भरिरहेको छ, निकै समयदेखि। पोखरा ¥यान्डम रिडर्स र पोखरेली युवा सांस्कृतिक समूहमार्पmत सास लिइरहेको छ। एउटा ऊर्जामय सास। उता दाङ र रोल्पाहरू पनि यतिखेर हरियै देखिन्छन्, साहित्यका विभिन्न सक्रियताहरूले। मदानीको कलेजमा कविताहरूको शृंखलाहरू, राप्ती साहित्य परिषद्का ऊर्जाशील गतिविधिहरूले प्राण भरिरहेछन् यी ठाउँहरूलाई।

त्यति मात्रै होइन, विदेशतिरबाट सगरमाथा साहित्य प्रतिष्ठान दुबई, नेपाली साहित्य समाज बहराइन, प्रवासी नेपाली साहित्य मञ्च साउदी अरब, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत, दक्षिण कोरियातिर इतर आवाज साहित्य समाज, हङकङतिर सिर्जनशील साहित्य समाज र नेपाली साहित्य प्रतिष्ठानहरू जस्ता साहित्यिक संस्थाहरू नेपाली कला, संगीत र साहित्यको उत्थानको लागि कार्यरत छन्। विश्व नेपाली साहित्य महासंघ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको त विभिन्न देशमा क्रियाशील शाखाहरूसमेत छन्।

चर्चा गरिएका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन्। यो बेला राज्य चाहिँ एकेडेमीको काँधमा अडेस लाएर केही निर्धारित र केही निर्धारित कार्यक्रमहरूको बैसाखी टेकेर यी सबै किन र के को लागि आफ्नो गोजीबाट पैसा झिकेर गतिविधि गरिरहेछन् भनेर सोच्नमै हैरान देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.