रारातालमा प्रधानमन्त्री डुंगामा सरर (फोटो फिचर)
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली डुंगा (बोट) मा चढेर राराताल घुमेका छन् । सुरक्षाकर्मीहरुसहित प्रम ओलीले डुंगामा चढेर रारातालको सयर गरेका हुन् । पत्नी राधिका शाक्यसहित प्रम ओलीले रारातालमा बोटिङको मजा लिएका हुन् ।
कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले त्यहीबाट शनिबार देशबासीको नाममा सम्बोधन पनि गरेका छन् । उनी त्यहाँबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतसँग जोडिएको हिल्साक्षेत्रमा शनिबारै पुगेका छन् ।