के उदेक हो यो !
हैन
के उदेक हो यो
तिमी हाँसे पिच्छे
पातले आपैंm–आफैं पिपिरा बजाइदिन्छ
टलक्क आँखा टल्काएर गाइने कीराजस्तो
यो शरदको शीत
थपक्क तिम्रो परेलामा बसेपछि
घाम पनि निस्कुँ – ननिस्कुँ गर्छ
हुस्सु झन्–झन् सघन हुन्छ
तिमीले जाँतो घुमाइरहँदाको हातको लय
मैले गबुवा भरिरहँदाको औंलाको सुर
जडेर शिर र पुच्छरमा गँड्यौलो
माटाको आङ खुकुल्याइरहन्छ
र यस्तो लाग्छ,
तिमी झपक्कै फुल्दा पनि
गुमाउने छैनौं
केराउका सेता पूmलका हरियाँ नसा
म पत्रे चट्टान जसरी
धुलोका पत्रहरूले धमिलिएको वायुमण्डल
तिम्रो स्पर्शको एक झर वर्षाले
धोइने आकाश हुनेछु!
हैन
के उदेक हो यो
तिमी बोले पिच्छे
तिमै्र ओठको लयमा चल्मलाउँछ पहाड!!