मुम्बई इन्डियन्सविरुद्ध दिल्लीको रोमाञ्चक जित
काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत शनिबार साँझ भएको खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गर्दै घरेलु मैदानमा मुम्बईले दिएको १९५ रनको कठिन लक्ष्य पछ्याएको दिल्लीले पुरै २० ओभर खेल्दै ३ विकेट क्षतिमा जीत निकाल्न सफल भएको हो ।
यसअघिका दुई खेल गुमाएको दिल्लीलाई तेस्रो खेलमा जित दिलाउने क्रममा जोनसन रोयले ५३ बलमा ९१ रनको विस्फोटक पारी खेले । उनले ६ चौका र ६ छक्का हानेका थिए ।
त्यसैगरी रिसब पन्तले २५ बलमा ४७ रनको योगदान दिए । श्रेयस लेयरले २० बलमा २७ रन जोड्न सफल भए । मुम्बईका लागि कुर्नाल पाण्ड्याले २ र मुस्थाफिजुर रहमानले १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवको सर्वाधिक ५३ रन मद्धमा १९४ रन बनाएको थियो । मुम्बईले ७ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १९४ रन बनाएपछि दिल्लीले १९५ रनको चुनौती पाएको थियो ।
मुम्बईका लागि इभिन लुइसले ४८ र इशान किसानले ४४ रन बनाए । दिल्लीका लागि राहुल टेवैटा, डानियल क्रिस्टन र ट्रेन्ट बोउल्टले समान २÷२ विकेट लिन सफल भए ।