आईपीएल : हैदरावादको लगातार तेस्रो जित

आईपीएल : हैदरावादको लगातार तेस्रो जित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आइतबार रातिको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।  कोलकता नाइटराइडर्सलाई उसकै मैदानमा ५ विकेटले हराउँदै लगातार तेस्रो जित निकाल्न सफल भएको हो। 

हैदरावादले टस जितेर वलिङ रोजेपछि कोलकत्ता व्याटिङमा उत्रिएको थियो वर्षाले केहीबेर प्रभावित बनाएको खेलमा कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ बन मात्रै बनाउन सक्यो । कोलकत्ताका  लागि अस्ट्रेलियाली व्याट्सम्यान क्रिस लिनले सर्वाधिक ४९ रन बनाए । कप्तान दिनेश कार्तिकले २९ र नितिश रानाले १८ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । 

कोलकत्तालाई कम योगफलमै समेट्ने क्रममा हैदरावादका भुवनेश्वर कुमारले ३, विली र सकिब अल हसनले २-२ विकेट लिए ।

सामान्य लक्ष पाएको सनराइजर्स हैदरावादले राम्रो सुरुवात गरेपनि दोस्रो विकेट गुमाएपछि भने व्याटिङ गति सुस्त भएको थियो । १९ ओभरमा ५ विकेट गुमाएर जित हात पा¥यो । हैदरावादका लागि कप्तान काने विलियमसनले ५० रन बनाए, सबिक अल हसनले २७, रिद्धिमान साहले २४ र युसुफ पठानले १७ रन बनाए । कोलकत्ताका लागि सुनिल नारिनले सर्वाधिक २ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.