बूढीगंगा नगरपालिकाको कार्यालयमा बम
रमित बिक
बाजुराः बूढीगंगा नगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै बाल्टिन बम भेटिएको छ । नगरपालिका कार्यालयको प्रवेशद्वार नजिकै ‘खतरा’ लेखेको अवस्थामा बाल्टिन बम भेटिएको हो ।
बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम मार्तडीबाट प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
स्थानीय तहको निर्वाचन भएको आठ महिना बितिसक्दा पनि यो नगरपालिकाले नगरसभा गर्न सकेको छैन । कांग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच विवादकै कारण विकासका काम ठप्प भएपछि नगरबासीले विरोध गर्दै आएका छन् ।