आईपीएलः बैंगलोरविरुद्ध राजस्थान १९ रनले विजयी
काठमाडौँः इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतवार राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले पराजित गरेको छ ।
सञ्जु सामसोनले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा ९२ रनको शानदार पारी खेलेपछि राजस्थानले बैंगलोरलाई २१८ रनको चुनौती दिएको थियो ।
राजस्थानले दिएको २१८ रनको लक्ष पछ्याएको बैंगोलरले ६ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १९८ रन मात्रै बनाउन सकेपछि पराजित हुन बाध्य भयो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले ३० बलमा ५७ रनको सर्वाधिक पारी खेले । त्यसैगरी मन्दीप सिंहले ४७ रन बनाए ।