एमालेसँग एकतामा तनाव भएपछि प्रचण्ड सुटुक्क सुकुटेमा

एमालेसँग एकतामा तनाव भएपछि प्रचण्ड सुटुक्क सुकुटेमा

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते नै एकता हुन कठिन हुँदै गएको छ। जनयुद्धको सम्बोधन, चुनाव चिन्ह, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने संख्याको अनुपातमा कुरा नमिलेपछि एकता अप्ठेरो मोडमा पुगेको हो। एमाले पक्षका नेता पार्टीको जन्म दिन वैशाख ९ गते नै एमाले र माओवादी एकता घोषणा हुने कुरामा ढुक्क छन्। यद्यपी माओवादीका नेताहरु वैशाख ९ गते नै एकता हुन कठिन हुने धारणा राख्दै आएका छन्।

पार्टी एकीकरण प्रक्रिया संवादहीन रहकै अवस्थामा माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ एकाएक सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। दाहाल राजनीतिक तनावबाट मुक्त हुन वा राजनीतिलाई निकास दिन अथवा विशेष गृहकार्यका लागि सुकुटे जाने गरेका छन्। माओवादी नेता अग्निप्रसाद सापकोटाका साथ सुकुटे पुगेका दाहाल सोमबार प्रधानमन्त्री केपी ओलीसँग हुने द्विपक्षीय वार्ताको बारेमा गम्भीर गृहकार्य गर्न सुकुटे पुगेको स्रोतको दाबी छ। ‘पार्टी एकतालाई निष्कर्षमा पुर्याउन पनि गृहकार्य आवश्यक पर्ने भएकाले अध्यक्ष सुकुटे आउनु भएको हो’, स्रोतले भन्यो।

एमाले र माआोवादी नेता संलग्न संगठन सम्बन्धी कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलले वैशाख ९ गते कम्युनिस्ट पार्टीकै जन्म दिन पार्टी एकता गर्न सुझाव दिएको थियो। कार्यदलको सुझाव अनुसार शीर्ष नेताले पनि वैशाख ९ गते नै पार्टी एकता घोषणा गर्नेगरी तयारी अघि बढाउने निर्णय गरिसकेका छन्। 

यद्यपी अझै धेरै विवाद मिल्न बाँकी रहेको र समाधानको प्रयास पनि नभएकाले सो मितिमा एकता नहुनेभन्दै माओवादी केन्द्रका एक नेताले भने,‘ विवादित विषय मिलाउन कुनै प्रयास भएकै छैन। अब वैशाख ९ गते त कसरी एकता हुन्छ ?’ दुईवटा कार्यदलले विवादित विषय मिलाउने जिम्मा शीर्षस्थ नेतालाई दिएका थिए सो अनुसार एकता संयोजन समितिको बैठक नै बस्न नसकेको ती नेताले बताए।

 प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भमणबाट फर्किएपछि बैठक बोलाइए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थताको कारण देखाएर अनुपस्थित भएकाले बैठक बस्न सकेन। प्रधानमन्त्रीको रारा सम्बोधनका कारण आइतबारसम्म शीर्ष नेताद्वयकै बैठक बस्ने सकेको छैन।

एमाले संसदीय दलका उपनेता एवं कार्यदलका नेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमण र राराबाट देशवासीका नाममा दिएको सम्बोधनले पार्टी एकता प्रक्रिया केही ढिलो जस्तो देखिए पनि केही दिनमै ओली र दाहालबीच बैठक बस्दै सहमतिका बाँकी प्रक्रिया अघि बढ्ने बताए। 

उनले अन्नपूर्णसँग भने,‘आज भोलिमै दुई नेता बस्नुहुन्छ। त्यसपछि एकता संयोजन समितिको बैठक बस्छ र पूर्व निर्धारित वैशाख ९ गते नै पार्टी एकता घोषणा हुन्छ।’ एमालेका अर्का एक नेताले पार्टी एकताकाबारेमा छलफल गर्न यसै साता पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको जानकारी दिए। उनले भने,‘बैठक एकता प्रक्रियाका सबै विषयमा सहमति जुटाउने उद्देश्य रहेको छ।’

माओवादीका पदाधिकारी मणि थापाले नेताद्वय ओली र दाहालबीच बैठक बस्दै, सोही अनुसार संयोजक समिति, कार्यदल र आआफ्नो पार्टीका विभिन्न निकायको बैठक बस्दै एकता प्रक्रियामा जाने बताए। उनले अन्नपूर्णसंग भने,‘ यो सबै प्रक्रिया पूरागर्दै वैशाख ९ गते नै एकता घोषणागर्न आवश्यक गृहकार्य पूरा हुने सम्भावना देखिदैन, त्यसैले पूर्व निर्धारित मितिमा एकता असम्भव छ।’ पार्टी एकतालाई अन्तिम चरणमा पुर्याउने उद्देश्यका साथ एमालेका वरिष्ठ नेता माधबकुमार नेपाल र माओवादी अध्यक्ष दाहालबीच आइतबार बिहान वार्ता भएको जानकारी एमाले स्रोतले दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.