रेडपान्डाको पनि जन्मोत्सव !

रेडपान्डाको पनि जन्मोत्सव !

त्रिशूली : दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाइएको छ । केक काटेर नौलो तरिकाले पहिलो पटक रेडपान्डाको जन्मदिन मनाइएको हो । वन्यजन्तु संरक्षणमा समेत सहयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउन सुरु गरिएको हो ।

२३औँ वन्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताको अवसरमा रसुवाका प्रदेश ‘ख’का सांसद प्रभात लामाले केक काटेर खेल उद्घाटन गरे । रसुवा सदरमुकाम धुन्चेमा नवौं रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता र छैटौँ\ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ । जिल्ला समन्वय समिति रसुुवा, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार ल्याकोसले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रम सञ्चालन गर्न निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले आर्थिक सहयोग गरेका छन् । कार्यक्रमका लागि पाँचवटा गाउँपालिका, विभिन्न गैरसरकारी संस्था तथा जलविद्युत् आयोजनाले सहयोग गरेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपान्डा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिए । गतवर्षदेखि सुरु भएको रेडपान्डाको शून्य चोरीसिकार अभियान यस वर्ष सफल भएको उनले दाबी गरे ।

एक वर्षमा निकुञ्जमा रेडपान्डाको चोरीसिकार नभएको उनको दाबी छ । रसुवामा पर्यटन प्रवद्र्धन गर्न तथा जैविक विविधताको संरक्षणका लागि उत्सव तथा भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

‘समृद्धिका लागि वन्यजन्तु संरक्षण’ भन्ने मूल नाराका साथ संरक्षणसम्बन्धी विविध कार्यक्रम आयोजना गरी साताव्यापी रूपमा उत्सव मनाइने रेग्मीले बताए । उत्सवमा स्थानीय कलासंस्कृतिको प्रदर्शन, जरायो नाच, रेडपान्डा ट्रफी भलिबल प्रतियोगिता, मैत्रीपूर्ण भलिबल प्रतियोगिता, मृग नाच प्रदर्शन, ग्रिन कन्सर्टलगायत कार्यक्रम छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.