सेयर कारोबारमा अनलाइन प्रणाली : कारोबार एक अर्ब पुग्ने

सेयर कारोबारमा अनलाइन प्रणाली : कारोबार एक अर्ब पुग्ने

काठमाडौं : अनलाइन प्रणालीबाट धितोपत्र बजार सञ्चालनमा आएपछि दैनिक कारोबार एक अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आवको पहिलो नौ महिनाको औसत कारोबार ६० देखि ७० करोडको बीचमा छ।

पुँजीबजार अनलाइन प्रणालीमा गएपछि माग बढ्ने नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरी पराजुलीले बताए। उनले भने, ‘अनलाइन प्रणालीबाट सेयर कारोबार हुन थालेपछि नेप्से परिसूचकमा खासै अन्तर नआए पनि कारोबारको आकार बढ्नेछ। बजार ओरोला लाग्दा कारोबार घट्ने र उकालो लाग्दा बढ्ने नेप्सेको प्रवृत्ति आम लगानीकर्ताको मनोभावमा भर पर्छ।’

‘सानो कुराले पनि सेयर बजार ह्वात्तै अघिबढ्ने गरेको छ’, उनले भने ‘बजार घटबढ हुने भनेको सामान्य प्रवृत्ति हो।’ अन्तर्राष्ट्रिय बजारलाई हर्ने हो भने अनलाइन प्रणालीमा गएपछि तीन सय प्रतिशतसम्म बजार बढेको प्रवक्ता पराजुलीले बताए। ‘हाम्रो बजार पनि त्यहि रूपमा बढ्छ भन्ने होइन’, उनले भने, ‘घर मै बसेर लगानी गर्न पाइने भएकाले सहज बजारका कारण कारोबार बढ्छ।’

परम्परागत हस्त लिखित प्रणालीबाट कम्प्युटराइज सिस्टममा जाँदा पनि बजार बढेको थियो। बजार एउटा प्रणालीबाट अर्को प्रणालीमा जाँदा जहिले पनि बढ्ने गरेको छ। पुँजी बजार अनलाइन प्रणालीमा गएपछि बजार माग सिर्जना हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए। ‘हाल काठमाडौं केन्द्रित बजार देशभरका लगानीकर्ताको पहुँचमा जानेछ। यसले लगानी कर्ता र सेयर कारोबारको आकार दुवै बढ्ने अनुमान गर्न सकिन्छ’, उनले भने। अनलाइन प्रणालीमार्फत सेयर कारोबार भएपछि लगानीकर्ता सेयर किन्न र बेच्नका लागि ब्रोकर कम्पनी धाउनु पर्दैन। लगानीकर्ताले आफ्नै घर वा कार्यालयबाट कम्प्युटर, ल्यापटप र मोबाइलबाटै सेयर खरिद बिक्रीको अर्डर गर्ने सक्नेछन्। हाल भएको सेमी अनलाइन ट्रेडिङ कारोबार त्यसपछि पूर्ण रूपमा अनलाइनमा जाँदैछ।

अनलाइन कारोबार गर्नुअघि लगानीकर्ता र ब्रोकर कम्पनीबीच सम्झौता भने हुनुपर्नेछ। कारोबार गर्नका लागि बैंक खाता, हितग्राही (डिम्याट) खाता, दैनिक सेयर खरिदबिक्री कारोबार रकम रसेयर संख्या वा कारोबारका विषयमा पहिला सम्झौता भएपछि मात्र सेयरको कारोबार गर्न पाइनेछ।

नेप्सेले आगामी आर्थिक वर्षदेखि आम लगानीकर्ताले घरमै बसेर सेयर कारोबार गर्न पाउने तयारीका साथ कार्य सम्पादन गरिरहेको छ। सफ्टवयेर निर्माणका लागि वाइको आईटी कम्पनीले काम गरिरहेको छ। यस अघि नेप्सेले कात्तिक २१ देखि नै सेयर कारोबार अनलाइनबाट गर्ने भनेको थियो। सफ्टवेयर निर्माणको काम नसकिएकाले उक्त मिति जेठमा सारियो।

उकालो लाग्दै सेयर बजार

सोमबारको सेयर बजार उकालो लागेको छ। गत वर्षदेखि घट्दै आएको सेयर बजार फागनु अन्तिमदेखि ह्वात्तै घटेर १२ सय विन्दुको हाराहारीमा आएको थियो। पछिल्लो समय बजारमा सुधार आएको छ। सोमबार परिसूचक बजार बन्द हुँदा १७.४२ अंकले उकालो लागेर १२९७.५७ अंकमा पुगेको छ।

बजारमा परिसूचकमा बढोत्तरी भएसँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ। बजारमा दिनभर १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सोमबारको कारोबारमा बिमा समूह २९३.२४ अंकले बढेको छ। बैंकिङ समूह बाहेक बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेको छ। बैंकिङ समूह ४.२८ अंकले बढेको छ भने अन्य समूह १.२१ अंकले घटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.