एक वर्षभित्रै १२ पक्की पुल

एक वर्षभित्रै १२ पक्की पुल

जाजरकोट : छिन्चु-जाजरकोट सडकखण्डमा पर्ने सानाठूला खोलामा १२ वटा पक्की पुल निर्माण एकसाथ अघि बढाइएको छ। एक वर्षभित्र सबै पुल बनिसक्ने गरी काम अघि बढाइएको हो। सडक विस्तारसँगै लामो समयदेखि ओझेलमा परेको पुल निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। भेरी करिडोरअन्तर्गत छिन्चु-जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यअनुरूप पक्की पुल निर्माण थालिएको हो।

यो सडकखण्ड दुई वर्षअघि नै कालोपत्रे भइसकेपछि पुल नहुँदा बर्खामा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको थियो। एक सय सात किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत पर्ने बनगाड, राकम, काली, लुकइ, छेडा, सिम्लेलगायतका खोलामा पुल निर्माणको काम तीव्र पारिएको छ। यो सडकलाई भेरी करिडोरका रूपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले पुल निर्माणमा तीव्रता दिएको हो। निर्माण कम्पनीका अनुसार यी पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ।

सडक विभाग पुल योजना र सडक डिभिजनको लागतमा पुल निर्माणको काम अगाडि बढेको पुल योजना कार्यालय नेपालगन्जले जानकारी दिएको छ।

पुल निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन र सूर्य कन्स्ट्रक्सन प्रालिले लिएका छन्। यस सडकखण्डको ७० किलोमिटरभित्र ६ ओटा पुल निर्माणका लागि लामा कन्स्ट्रक्सनले २७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर काम गरिरहेको छ। त्यस्तै सूर्य कन्स्ट्रक्सनले ७० देखि १ सय किलोमिटर क्षेत्रभित्र ६ ओटा पुल बनाउने गरी २२ करोड रुपैयाँमा ठेक्का लिएको छ। स्थानीय एवं सरोकारवाला निकायको सहयोग पाए अर्को वर्षको चैतसम्म सबै पुल निर्माण सक्ने सूर्य कन्स्ट्रक्सनका प्रोपाइटर सूर्यबहादुर खड्काले बताए।

गतवर्ष मात्र फेरा, गोजी, काली र बालीखोलामा पक्की पुल निर्माण सकिएको थियो। निर्माणाधीन पुल बनेसँगै यस सडकखण्डमा यातायात सेवा सहज हुनेछ। पुल निर्माणपछि जाजरकोट, डोल्पा र रुकुममा सडक सञ्जाल जोडिनेछ। यसले यातायात सेवा सञ्चालन नियमित हुने, मालसमान ढुवानीमा सहजता आउने, स्थानीय उत्पादनलाई जिल्लाबाहिर पठाउन सजिलो हुने र आवतजावतमा सहज पुग्नेछ।

 पुल निर्माणपछि जाजरकोट, सल्यान, सुर्खेत, दैलेख, डोल्पा, जुम्लालगायत जिल्लामा दैनिक उपभोग्य वस्तु ढुवानीमा सहयोग पुग्ने जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। ‘जिल्लामा उत्पादित कृषिजन्य मालसामान निर्यातमा पनि सहजता आउनेछ’, उनले भने, ‘सबै पुल बनेपछि मालसमान पनि सस्तोमा पाइनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.