गाडी दुर्घटनामा नगर प्रमुखसहित ७ घाइते

गाडी दुर्घटनामा नगर प्रमुखसहित ७ घाइते

रुकुम : गाडी दुर्घटनामा रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासहित सात जना घाइते भएका छन् । नगरपालिकाको कार्यालय विजयश्वरीबाट वडा नम्बर ५ मा रहेको आधारभुत बिद्यालय लहरेसिमलमा  बिद्यार्थीलाई निशुल्क पोषाक वितरण गर्न जादै गर्दा  भएको दुर्घटनामा नगर प्रमुख शर्मासहित सात जना घाइते भएका हुन् । भे १ झ २४३ नम्बरको नगरपालिकाको गाडी मंगलबार बिहान ९ः४५ बजेतिर मेलैनाउँलीमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा  घाइते भएका  ४३ वर्षीय  नगर प्रमुख शर्मा, नगर कार्यपालिका सदस्य चौरजहारी वडा नं. ५ का ४३ वर्षीय लोकेन्द्र परियार, चौरजहारी नगरपालिका ३ का ४५ वर्षीय तेजवहादुर बटाला, गाडी चालक चौरजहारी नगरपालिका ७ का ४५ वर्षीय रामलाल शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुने  चौरजहारी नगरपालिका वडा नम्बर ४ की ३४ वर्षीया कमला बुढाथोकी, वडा नम्बर २ की ३४ वर्षीया पार्वती न्यौपाने र वडा नम्बर ७ का ४५ वर्षीय रामप्रसाद आचार्य रहेका छन् । 

 नगर प्रमुख शर्माको बाँया हात भाँचिएको र टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । खतरा मुक्त रहेको र अन्य घाइतेको अवस्था पनि सामान्य रहेको बताइएको छ । नगर प्रमुख शर्मालाई थप उपचारको नेपालगन्ज लगिएको छ भने अन्य घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब १ सय मिटर तल खसेको थियो । नगर प्रमुख शर्मासहितको टोली बिद्यार्थीलाई पोषाक वितरण गरी मंगलबार नगरपालिकाको वडा नम्बर ११ खोलागाउँ पुग्ने कार्यक्रम रहेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.