कडा सु्रक्षाबीच अतिक्रमित घरमा डोजर चल्यो

कडा सु्रक्षाबीच अतिक्रमित घरमा डोजर चल्यो

बुटवल : बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनेका घरमा डोजर चलेको छ। बुटवल–बेलहिया सडक विस्तार आयोजनाले प्रहरीको सुरक्षा घेरामा रहेर मिचिएका घर भत्काउन सुरु गरेको हो।

पटक–पटक घर भत्काउन सूचना जारी गर्दासमेत घरधनीले आनाकानी गरेपछि आयोजनाले नै हात हालेको हो। घरधनीले राजनीतिक दलका नेता र व्यवसायी संघसंगठनलाई हारगुहार गरेर सडक विस्तारमा अवरोध गर्ने कसरत गर्दै आएका थिए। गत भदौमै भत्काउने तयारीमा रहेको आयोजनालाई चुनावी तयारीका लागि राजनीतिक दलका शीर्ष तहमा रहेका नेताले नै अवरोध गरेका थिए।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार कार्य आजबाट सुरु भएको हो। ८२ फुट सडक क्षेत्र भित्र पर्ने संरचनामा डोजर चलाएर सडक विस्तारको काम गरिएको छ। घर भत्काउन सुरु गरेपछि घरधनीले विरोध गरेका छन्।

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घर भत्काउनुपर्ने अवस्थामा छन्। जम्मा २५ घरमात्र घरधनीले भत्काएका छन्। त्यसका लागि आयोजनाले १५ दिने सूचना जारी गरिसकेको थियो। आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले सडक क्षेत्रभित्रका घरमा डोजर प्रयोग गरिएको बताए। घरधनीलाई बढी क्षति नहोस् भनेर सम्यमता अपनाउँदा पनि घरधनीले अटेर गरे डोजर चलाएर हटाउनुको विकल्प नभएको श्रेष्ठको भनाइ छ। 

विगत ३ वर्षदेखि आठ पटकसम्म ८२ फुटभित्र परेका संरचना हटाउन सूचना जारी गरिएको थियो। आयोजनाले अहिले सडकका दायाँबायाँ रहका रूख हटाइसकेको छ। चार वर्ष अगाडि चार लेनमा  निर्माण भए पनि बुटवल बजार क्षेत्रको सडक ६ लेनको बनाउने दुई वर्ष अनुमति पाएको थियो। ४२ घरधनीले घर भत्काएको विरोधमा अदालतमा मुद्दा दर्ता गराएका छन्। 

जसले गर्दा करिब १ वर्ष काम रोकिए पनि हालै सर्वोच्च अदालतले मुद्दाउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम सुरु गर्न आग्रह गरेको हो।

गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो। ठेकेदार कम्पनीले हालसम्म चार करोड रूपैयाँ भुक्तानी लिइसकेको छ। यो सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.