मनोज पुनको जालो  केन्द्रीय नेता हुँदै गृह प्रशासनसम्म

मनोज पुनको जालो  केन्द्रीय नेता हुँदै गृह प्रशासनसम्म

बुटवल : मनोज पुनसँगको संगठित अपराधको जालो एमाले, माओवादीका नेता हुँदै पूर्व गृह र उर्जा मन्त्रीसँग जोडिएको खुलासा भएको छ । प्रहरीले मनोज पुनसँगको साँठगाँठको अभियोगमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसहित पाँच जनालाई पक्राउ गरेपछि  उक्त खुलासा भएको हो ।

मनोज पुनका मुख्य सहयोगी माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रहरीद्वारा पक्राउ परेका अभियुक्तलाई छुटाउन तत्कालीन गृहमन्त्री कृष्णबहादुर महरा र  उर्जामन्त्री जनार्दन शर्मालाई प्रयोग गरेको प्रहरीको दाबी छ ।

देवदह निवासी न्यौपानेले दुर्गा तिवारीमाथि पहिलो पटक केरवानीको इट्टा उद्योग नजिकै गोली प्रहारपछि पक्राउ परेका व्यक्तिलाई छुटाउन सहयोग लिएको प्रहरीले जनाएको छ ।शक्तिकेन्द्रको आड देखाउँदै माओवादी केन्द्रीय सदस्य न्यौपानेले भारतमा लुकिछिपी रहेका मनोज पुनलाई नेपालको घटना वृत जानकारी दिने गरेको प्रहरीले जनाएको छ ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देहीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक श्याम ज्ञवालीले पार्टीको आवरणमा न्यौपानेले अपराधलाई सघाउने गरेको भेटिएको बताए ।पुनको इन्काउन्टरमा मृत्यु भएपछि उसलाई सघाउने व्यक्तिको खोजी प्रहरीले गरिरहेको थियो  ।

अनुसन्धानका क्रममा न्यौपानेसहित बुटवल शिवनगरका एमाले कार्यकर्ता उत्तम आचार्य, देवदहका तुल्सी न्यौपाने, मोहिनी हाइजिङका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ र देवदहका रोशन खड्कालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।आचार्य, न्यौपाने र खड्का पुनका खास सहयोगी रहेको उपरीक्षक ज्ञवालीले बताए ।

देवदहका व्यवसायी दुर्गा तिवारी र बलु पौडेल हत्यापछि भएको आन्दोलनको मोर्चामा आचार्य अग्र स्थानमा देखिदै आएका थिए । पक्राउ परेकामध्ये तुलसी र रोशन जग्गा प्लटिङ व्यवसायमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

मदिरा उत्पादक कम्पनीका सञ्चालक हरि श्रेष्ठले करिव एक वर्षअघि आफ्नै उद्योगका पार्टनर अर्जुन श्रेष्ठ र उद्योगका प्रमुख कार्यकारी अधिकृत डिल्लीराम आचार्यको हत्याका लागि मनोज पुनलाई २ लाखको स्ुपारी दिएको प्रहरीले जनाएको छ ।

मनोज पुनका दुई सहयोगीले ९५ हजार नगद बुझी हत्याको योजना बनाइरहेको अवस्थामा   प्रहरीले पक्राउ गरेपछि श्रेष्ठ र आचार्यमाथि हमला विफल भएको प्रहरीको भनाइ  छ । यो हत्या योजना र मनोज पुनलाई रुपन्देही आसपासका उद्योगीकोबारेमा खबर पु¥याउने काममा खड्का सक्रिय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मनोज पुनलाई भारतमा आश्रय दिने बिट्टु भन्ने योगेन्द्र सिंहसँगलाई निरन्तर खबर पु¥याउने काममा चार अभियुक्त संलग्न रहेको प्रहरीले जनाएको छ ।प्रहरीले पुनको अपराधको आडमा ५० औं करोड रकम उठाइएको आशंका गरेको छ ।

उक्त रकमको समेत खोजी गरिने उपरीक्षक ज्ञवालीले बताए । राजीतिक छबि बनाएर अपराध गर्ने अभियुक्तलाई पक्रिन निर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहेको उनले पत्रकार सम्मेलन बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.