साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह ‘ए’ मा

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह ‘ए’ मा

काठमाडौं : बंगलादेशमा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरिएको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान परेका छन् । समूह ‘बी’ मा साबिक विजेता भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

यसअघिको संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको अफगानिस्तान भने यसपटक प्रतियोगितामा सहभागी छैन । अफगानिस्तानले यसअघि नै आफ्नो स्तर नमिल्ने भन्दै दक्षिण एसियाली फुटबलमा सहभागी नहुने निर्णय गरेको थियो । 

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय स्टेडियममा सञ्चालन हुने च्याम्पियनसिपमा नेपालले समूहगत चरणको पहिलो खेल सेप्टेम्बर ४ तारिखमा पाकिस्तानसँग खेल्नेछ । यसैगरी नेपालले ६ तारिखमा भुटानसँग दोस्रो र ८ तारिखमा बंगलादेशसँग तेस्रो खेल खेल्नेछ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने च्याम्पियनसिपमा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा माथि उक्लन सकेको छैन । यसअघि प्रायः समूहगत चरणबाटै बाहिरिएको नेपाली टोली घरेलु मैदानमा सन् २०१३ मा भने सेमिफाइनलमा पराजित भएको थियो । 

समूह विभाजन र खेलतालिका सार्वजनिक कार्यक्रममा साफका अध्यक्ष काजी महमद सलाउद्दिन, महासचिव अनवारुल हाक्वी र च्याम्पियनसिपको मुख्य प्रायोजक सुजुकी मोटरका कर्पोरेट सल्लाहकार सइजी हमादालगायतका पदाधिकारीको उपस्थितिमा भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.