यौन आवेग र मदिराले हत्याका घटना बढे

यौन आवेग र मदिराले हत्याका घटना बढे

काठमाडौं : गोरखाकी ३२ वर्षीया पूर्णिमा विक र पर्सा ठोरीका ३० वर्षीय विजय तामाङबीच मिस्त्री काम गर्ने सिलसिलामा टोखामा भेट भयो। सात महिनादेखि उनीहरू सँगसँगै बस्न थाले। पहिलो लोग्ने छाडेर एक्लै बस्दै गरेकी विकलाई तामाङले विवाह गर्ने भन्दै फकाएर सँगै राखेका थिए। तर, पछिल्लो समय विक टोखास्थित डेरामा कहिले आउने र कहिले नआउने गरेपछि तामाङले शंकाका दृष्टिले हेर्न थाले। आइतबार विक एक भट्टीमा मदिरा पिइरहेकी थिइन्। तामाङ पनि त्यहाँ पुगे र दुवैले सँगै मदिरा पिए।

तर, एक्कासि विक भट्टीबाट बाहिर निस्कन थाल्दा तामाङले उनलाई रोक्न खोजे। भट्टीबाट टाढा धापासी हाइट करिडोरमा रहेको घरमा सँगै जाऊँ भनेर तामाङले विकलाई आग्रह गर्दा उनले मानिनन्। त्यसपछि नजिकै रहेको ढुंगाले तामाङले विकको टाउकामा हाने। मदिराले लठ्ठिएकी विक भुइँमा मूर्छा परिन्। मूर्छित विकलाई छाडेर तामाङ डेरा पुगेर खाना खाई सुते। राति नै प्रहरीले विक र तामाङको हुलिया लिएर खोजतलास सुरु गरे। सोमबार बिहान सदाझैं काममा जाने बेला प्रहरीले उनलाई पक्राउ गर्‍यो, विक हत्या आरोपमा। तामाङले विक हत्या सहजै स्विकारे।

चैत २२ गते चितवनकी २२ वर्षीया रियाना अधिकारी र सल्यानका २६ वर्षीय गोपाल शर्माबीच बालाजु माछापोखरीमा भेट भयो। दुवै जना सँगै रात बिताउने भन्दै होटलमा पुगे। सँगै मिलेर मदिरा पिए। दुई हजार रुपैयाँ दिने सर्तमा शर्माले अधिकारीलाई यौनसम्पर्क प्रस्ताव राख्दा उनले मानिनन्। शर्माले काखमा राखेर गला थिचेर अधिकारीको हत्या गरे।

अभियुक्तले ठूला योजना बुनेर हत्या गरेको देखिँदैन। सामान्य विवादमा कहीँ पैसा, कहीँ यौन र कहीँ मदिरा जोडिएका छन्।

-विश्वराज पोखरेल, एसएसपी

चैत १६ गते नुवाकोट बेलकोटका प्रकाश तामाङले पत्नी रमितालाई आफ्नो डेरामा जान नमानेकै निहुँमा छुरा प्रहार गरी हत्या गरे। एक महिनादेखि लोग्नेसँग अलग्गिएर दिदीको डेरा नैकापमा बसेकी २३ वर्षीया नमुनाको हत्यापछाडिको कारण आवेग भएको प्रहरीको निष्कर्ष छ। फागुन १७ गते चुच्चेपाटीको एक होटलमा सिन्धुपाल्चोकका दुई युवा २५ वर्षीय छिरिङ शेर्पा र १८ वर्षीय विवेक तामाङले मदिरा सेवन गरे। मात्तिएपछि उनीहरूबीच भनाभन भयो र तामाङले शेर्पालाई चक्कु प्रहार गरे। घाइते शेर्पालाई अस्पताल पुर्‍याइयो। तर त्यहीँ उनको मृत्यु भयो। पछि तामाङले भने, ‘मदिराले धेरै मात्तिएछु। आवेशमा छुरा प्रहार गरेँ।’

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘अभियुक्तले ठूला योजना बुनेर हत्या गरेको देखिँदैन। सामान्य विवादमा कहीँ पैसा, कहीँ यौन र कहीँ मदिरा जोडिएका छन्। अभियुक्त पक्राउ परेपछि उसमा पछुतो बढी देखिन्छ।’ मनोविद् करुणा कुँवर सामान्य विवादमा हुने हत्या, बलात्कारजस्ता घटना एकअर्काबीच मञ्जुरीबिना हुने सम्बन्धका कारण उत्पन्न विवादले निम्त्याउने गरेको बताउँछिन्। सामान्य विवादमा हुने हत्यालाई आवेशप्रेरित घटनाका रूपमा लिनुपर्ने कँुवरले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.