उत्तरपुस्तिका परीक्षणको सूचना माग्दा विद्यार्थीमाथि कुटपिट

उत्तरपुस्तिका परीक्षणको सूचना माग्दा विद्यार्थीमाथि कुटपिट

जनकपुर : परीक्षाको उत्तरपुस्तिका परीक्षणको सूचना माग गर्दा पर्सामा एक विद्यार्थीमाथि दुर्व्यवहार भएको छ। पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ स्थित सुकै साह माविमा कक्षा ७ मा अध्ययनरत पुनितकुमार साहलाई शिक्षकले कुटपिट गरेका हुन्। 

विद्यार्थी साहले प्रधानाध्यापकसमक्ष सूचना माग गर्दै निवेदन दिने क्रममा शिक्षक धुरेन्द्रप्रसाद चौरसियाले आफूलाई चप्पलले हानेको बताए। 'अन्तिम परीक्षामा सोचेभन्दा कम नम्बर आयो। त्यसैले सूचनाको हकअनुसार सबै विषयको उत्तरपुस्तिकाको सूचना माग गर्दै निवेदन दिन गएको थिएँ', साहले अन्नपूर्णसँग टेलिफोनमा भने, 'सँगै रहेका चौरसिया सरले यस्तो कुरा कहाँ माग्न पाइन्छ? भन्दै ५/६ पटक चप्पलले हान्नुभयो।'

घटना बुधबारको भए पनि विद्यालयमा तालबन्दी भएपछि आजमात्र सार्वजनिक भएको हो। बिहान अभिभावक र विद्यार्थीले दुई घण्टा विद्यालयमा तालाबन्दी गरेका थिए।

प्रधानाध्यापक रामबालक चौरसियाले विद्यार्थीले सूचना माग गरेको र त्यसक्रममा सामान्य भनाभन भए पनि उनीमाथि चप्पल प्रहार भने नभएको बताए। 'घटना भएको हो तर चप्पल हानेको भन्ने कुरा सत्य होइन', उनले भने।

शिक्षक धुरेन्द्रप्रसाद चौरसियाले पनि चप्पल हानेको अस्वीकार गरे। यद्यपि उनले आफूले विद्यार्थीलाई थप्पड हानेको भने स्वीकारे। 'चप्पल हानेको होइन। आवेगमा आएर दुईचार झापड हानेको हो', उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.