सेटिङमा तस्करी

सेटिङमा तस्करी

जनकपुरधाम :  बुधबार साँझ सशस्त्र प्रहरीको टोलीले सुराकीको सूचनाको आधारमा पाँच लाख मुल्य बराबरको मालसमानले भरिएको एउटा मिनि ट्रक पक्राउ गरी जनकपुर भन्सार कार्यालयलाई बुझायो। 

चेकजाँचका लागि भन्दै पक्राउ गरिएको मालसामानहरु जिल्ला प्रशासन कार्यालय धनुषा अगाडीको सडकबाटनै प्रहरीले नियन्त्रणमा लिएको थियो। मालसामान चेकजाँच गर्न भन्दै भन्सार कार्यालयमा फोन गरी जानकारी गराउने काम एक तस्करबाटनै भएको थियो। आफ्नो सामानहरु सहज रुपमा तस्करी गर्न प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरुबाट लाइन नमिलेपछि ती तस्करले अर्का तस्करको माल पनि पक्राउ परोस् भनेर भन्सार कार्यालयमा सूचना दिएका थिए। 

रहमान शेख नाम गरेका व्यापारीको मालसामान दावी गर्दै बिहीबार बिहानै उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष सहित प्रदेशसभा सदस्य परमेश्वर साह लगायत व्यापारीहरु भन्सार कार्यालयमा पुगि सामान छाड्नु पर्यो भन्दै हल्लाखल्ला गर्न पुगे। भन्सार तिरेर ल्याएको सामानलाई प्रहरीले वा राजश्व अनुसन्धान विभागले चेकजाँच गर्न पाउँदैन भन्ने माग समेत व्यापारीहरुले गरे।

भन्सार कार्यालयमा लामो भनसुन पछाडी पक्राउ परेको सामानहरुको चेकजाँच गर्न आएका राजश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसन्धान अधिकृत तेजमणि काफ्लेसँग पक्राउ परेका समानहरु अनुसन्धान इकाई कार्यालय बर्दिवासमा लगेर जेकजाँच गरी फिर्ता दिने सम्झौता समेत व्यापारीहरुले गराए। 

पछिल्लो समय धनुषामा प्रहरी, व्यापारी तथा भन्सार कार्यालयका कर्मचारीहरुको सेटिङ्गमा तस्करी फस्टाउँदै गएको हो। तस्करहरुको पहुँच जिल्लादेखि केन्द्रसम्मका प्रसासनिक निकायहरु तथा राजनीतिज्ञहरुसँग भएकोले सेटिङ्गमा कहि कतैं कुरा नमिल्दा प्रहरी अधिकृतहरुको समेत सरुवा गराउनेसम्मको गतिविधि हुने गरेको छ। जनकपुर उद्योग वाणिज्य संघमा केही व्यापारीहरुले लिखित रुपमा नै भन्सार कटाइसकेको मालसामानको चेकजाँच वा कसैको भनसुनको आधारमा सामान रोक्ने गतिविधि कहीकतैबाट हुन नदिने अवस्था मिलाई दिन भन्दै निवेदन नै दर्ता गराएका छन्।

पछिल्लो समय एकले अर्कालाई फसाउँने अभिप्रायले भन्सार कर्मचारीहरुलाई फोन गरी मालसामान ओसार पोसार भयो भनेर जानकारी गराउने र कर्मचारीहरुले पनि बिनाकारण व्यापारीलाई हैरान पार्ने गरेकोले यस्ता गतिविधि रोक्नका लागि आफूहरुकहाँ निवेदन दर्ता गराइएको उद्योग वाणिज्य संघका अध्यक्ष साह बताउँछन्।

उनी भन्छन्,‘हामी तस्करी नियन्त्रण होस् भन्ने चाहन्छौं तर, भन्सार तिरेर मालसामान ल्याउने व्यापारीलाई प्रहरी वा भन्सार कर्मचारीहरुले चेकजाँचको नाममा अनाहक हैरान गर्यो भने त्यसको हामी विरोध गर्छौ।’ 

जिल्लामा सबैभन्दा बढी तस्करी हुने क्षेत्रहरुमा खजुरी महुवा, बलहा जनकपुरदेखि दक्षिण पूर्व अन्दाजी २२ किमी, इटर्वा, खरियानी जनकपुरदेखि पूर्व अन्दाजी ७ किमी, दुहवी, तुल्सीयाही फुलगामा, मैनाथपुर, भडरिया लगायतका स्थानहरु रहेका छन्। 
सिमासँग जोडिएको जिल्लाको ३२ किलोमिटरमा सशस्त्र प्रहरीको ६ वटा बिओपी र नेपाल प्रहरीका ११ वटा इकाई भएपनि अवैद्य कारोबार रोकिन सकेको छैन्।
 
तस्करी नियन्त्रणको लागि विभिन्न अभियानहरु सञ्चालनमा ल्याइएपनि  यसलाई नियन्त्रण गर्न सबै पक्षको सहयोग र समन्वय आवश्यक हुने जनकपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्मा बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.