क्रिस गेलको विस्फोटक व्याटिङ, आईपीएलमा बनाए छैटौँ सतक

क्रिस गेलको विस्फोटक व्याटिङ, आईपीएलमा बनाए छैटौँ सतक

काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्रतगत बिहीबार राति भएको खेलमा किङ्स इलेभन पञ्जावका क्रिस गेलले विस्फोक व्याटिङ गर्दै सतक बनाएका छन् । 

आईपीएलको १६ औँ म्याचका क्रममा गेलले ५८ बलको सामना गर्दै सतक पुरा गरे । ओपनिङमै आएका गेलले ११ छक्का र १ चौका पनि प्रहार गरे । उनले ६३ बलको सामना गर्दै १०४ रन बनाएर नटआउट गरे । 

आईपीएलमा छैटौँ सतक ठोक्ने क्रममा गेलले सनराइजर्स हैदरबादका रसिद खानमाथि लगातार चार छक्का समेत हाने । उनले १३.२ देखि १३.५ ओभरसम्म लगातार चार छक्का हानेका थिए । 

गेलको सतकीय पारीको मद्दतमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १९४ रनको लक्ष्य दिएको छ ।

गेलपछि पञ्जावका लागि केके नायरले ३१ रन जोडे भने केएल राहुल र मयंक अग्रवालले १८–१८ रनको व्यक्तिगत योगदान दिए । हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ कउलले समान १–१ विकेट लिन सफल भए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.