क्रिस गेलको सतकमा हैदराबादमाथि पञ्जावको जित

क्रिस गेलको सतकमा हैदराबादमाथि पञ्जावको जित

काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्रतगत बिहीबार राति भएको खेलमा क्रिस गेलले विस्फोक व्याटिङ गर्दै सतक बनाएपछि किङ्स इलेभन पञ्जावले सनराइजर्स हैदराबादलाई १५ रनले पराजित गरेको छ । 

आईपीएलको १६ औँ म्याचका क्रममा गेलले ५८ बलको सामना गर्दै सतक पुरा गरेपछि पञ्जावले ३ विकेटको क्षतिमा १९३ रन बनाएको थियो । 

ओपनिङमा आएका गेलले ११ छक्का र १ चौका पनि प्रहार गरे । उनले ६३ बलको सामना गर्दै १०४ रन बनाएर नटआउट रहँदा हैदराबादले १९४ रनको चुनौती पाएको थियो । 

आईपीएलमा छैटौँ सतक ठोक्ने क्रममा गेलले सनराइजर्स हैदरबादका रसिद खानमाथि लगातार चार छक्का समेत हाने । उनले १३.२ देखि १३.५ ओभरसम्म लगातार चार छक्का हानेका थिए । 

गेलपछि पञ्जावका लागि केके नायरले ३१ रन जोडे भने केएल राहुल र मयंक अग्रवालले १८–१८ रनको व्यक्तिगत योगदान दिएका थिए । 
हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ कउलले समान १–१ विकेट लिन सफल भए

तर जवाफी ब्याटिङमा आएको हैदराबाद चार विकेटको क्षतिमा  १७८ रनमा समेटिएपछि पञ्जावले महत्वपूर्ण जित दर्ता गरायो । हैदराबादका लागि मनिष पाण्डेले ५७ र सकिब अल हसनले २४ रनको योगदान दिए । हैदराबादका ओपनर शिखर धवन पहिलो ओभरमै घाइते हुँदै रिटायर्ड हट भएर मैदानबाट बाहिरिए 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.