ल्यामबोर्गिनीको विद्युतीय सुपर कार
काठमाडौं : अटोमोबाइल कम्पनी ल्यामबोर्गिनी स्पाले क्याम्ब्रिजमा आयोजना भएको ईएमटेक कन्फ्रेन्समा ‘थर्ड मिलिनियम’ कन्सेप्ट कार सार्वजनिक गर्यो । मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमटीआई) सँगको सहकार्यमा कम्पनीले यो विद्युतीय कार निर्माण गरेको हो ।
यसका लागि कम्पनीले एक वर्ष अघि नै एमटीआई सँग सम्झौता गरिसकेको थियो । सम्झौता भएको १२ महिनापछि अर्थात् एक वर्षको प्रतिफलका रूपमा सुपर स्पोटर््स विद्युतीय कार थर्ड मिलिनियमको कन्सेप्ट तयार भएको छ । यो कन्सेप्टले विद्युतीय सुपर स्पोटर््स कारको भविष्यका लागि एक पाइला अघि सर्ने काम गरेको उल्लेख छ ।
त्यसका लागि ल्यामबोर्गिनीले अन्य संस्थासँग सम्झौता गर्ने क्रममा थर्ड मिलिनियम कार विद्युतीय कारमा अग्रगामी कारको रूपमा निर्माण हुनुपर्ने, कार निर्माण गर्दा अहिले प्रयोग हुँदै आएको कतिपय सामग्री र प्रविधिलाई प्रतिस्थापन गर्न सक्ने भनि सम्झौता गरेको थियो । त्यसअनुसार एमटीआईले नयाँ कारको रूपमा ‘थर्ड मिलिनियम’ कन्सेप्ट प्रस्तुत गरेको हो । सुपर स्पोर्ट कारको रूपमा सार्वजनिक गरिएको उक्त कारको डिजाइन, कार निर्माणका लागि प्रयोग भएको सोच र प्रविधिले आउने पुस्तालाई प्रतिनिधित्व गर्नेछ । जसले उच्चतम आनन्दका साथै कार चलाउँदा नयाँ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ ।
ल्यामबोर्गिनीले कार निर्माण योजना बनाएसँगै एमटीआईसँगै थर्ड मिलिनियममा हुनपर्ने केही विशेषता प्रस्तुत गरेको थियो । कम्पनीका अनुसार थर्ड मिलिनियम इन्धन क्षमताका आधारमा फरक÷फरक प्रविधिका हिसाबले उच्चतम प्रविधियुक्त र डिजाइनका हिसाबले पूर्णरूपमा नयाँ हुनपर्ने उल्लेख गरेको थियो । कम्पनीको सोच कारको इन्धन क्षमता, बडीको बनावट र प्रविधिले भविष्यलाई प्रतिनिधित्व गर्ने हुनुपर्छ भन्ने थियो । त्यसका लागि कम्पनीले प्रोफेसर डिनकाको ‘डिनका रिसर्च ल्याब’ र प्रोफेसर जोन हार्टको ‘म्यानोनेसिन ग्रुप’ सँग सम्झौता ग¥यो । त्यसले कम्पनी सफल भएको अनुमान गरिएको छ ।
सार्वजनिक भएसँगै यसलाई भविष्यको स्पोर्ट्स कारका रूपमा हेरिएको छ । आज असम्भव तर भविष्यका लागि आवश्यक पर्ने कुरा यसमा समावेश गरिएको छ ।
कारको कन्सेप्ट सार्वजनिक भएसँगै यो कारलाई भविष्यको स्पोर्ट्स कारका रूपमा हेरिएको छ । यो कारमा आज असम्भव तर भविष्यका लागि आवश्यक पर्ने कुरा समावेश गरिएको छ । नयाँ सोच, इनोभेटिभ सोलुसन र इलेक्ट्रिफाइड पावरट्रेन्सलाई आत्मसाथ गरी विद्युतीय सुपर स्पोटर््स कारमा पहिलो कदम चाल्न हुने उल्लेख छ । यो कारको डिजाइन अति नै आकर्षक छ । साथै कारको इनर्जी व्यवस्थापनमा समेत उल्लेख्य काम भएको छ । यो कारको मूल्य कम्पनीले नखुलाएको भए पनि यहीँ रेन्जमा उपलब्ध भएको भक्सवागन एजीको सुरुवाती मूल्य दुई लाख अमेरिकी डलर छ । त्यसका आधारमा हेर्ने हो भने यो कारको मूल्य पनि यसैको हाराहारी हुन सक्ने अनुमान गरिएको छ ।