ड्रममा डुबेर बालिकाको मृत्यु
वैशाख ७, २०७५ शुक्रबार १३:७:०
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको आमथाङमा घरका ड्रममा डुबेर एक बालिकाको ज्यान गएको छ।सदरमुकाम विदुरदेखि १६ किलोमिटर पश्चिममा रहेको विदुर नगरपालिका-१३ को आमथाङमा १५ महिने बालिकाको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घरमा राखिएको ड्रमको पानीमा खेल्ने क्रममा घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल नुवाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रुमख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए। मृत्यु हुनेमा विदुर नपा–१३ की १५ महिनाकी सुविना तामाङ रहेकी छन्।उनको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ।