सञ्जय लीला भन्सालीका पाँच फिल्म
पद्मावत
रानी पद्मावती जसले अलौद्दिन खिल्जीसँगको लडाइँमा आफ्नो स्वाभिमानको बचाउ गर्दै अग्निकुण्डमा देहत्याग गर्छिन्। महाकाव्य कविता पद्मावतीमा आधारित यो फिल्म २०१७ मा बनेको चर्चित सिनेमा हो। रिलिज हुनुभन्दा पहिलेदेखि नै फिल्म निकै विवादमा पनि परेको थियो। रिलिजपछि पनि विवादरहित रहन सकेन। यद्यपि फिल्मले दर्शकको मस्तिष्कमा गतिलो छाप छाड्न सफल भयो। १३औं शताब्दीमा अफगानिस्तानका शासक खिल्जीले दिल्लीको राज्य हडप्ने प्रयासमा फिल्मको कथावस्तु घुमेको छ।
हम दिल देचुके सनम
ऐश्वर्य राई, सलमान खान र अजय देवगनको अभिनय रहेको यो फिल्मले प्रेम र मोहको बीचमा फसेकी एक महिलाको कथा बोल्छ। सन् १९९९ मा निर्मित यो दोस्रो चलचित्र वर्षकै व्यावसायिक रूपमा हिट बनेको थियो। फिल्मले नौ फिल्मफेयर अवार्डको साथमा सबै लोकल अवार्ड जित्न सफल भएको थियो। नन्दिनी र समिर एकअर्कालाई मन पराउने भए पनि नन्दिनीको विवाह भन्राजसँग हुन्छ। आफ्नो श्रीमतीले अरू कसैलाई मन पराउने थाहा पाएपछि भन्राज दुई प्रेमीको मिलनमा जुट्छन्।
देवदास
शरद चन्द्र चाटोपाध्यायद्वारा लिखित कृतिको नामबाटै बनाइएको फिल्म देवदास फिल्म जहाँ पश्चिम बंगालको पुरानो परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। भव्य सेट र गीतसंगीतको माध्यमले फिल्म भरिपूर्ण छ। कथाको सुरुवात दुई प्रेमीको भावनात्मक सम्बन्धबाट सुरु हुन्छ। देवदास र पारो एकअर्काको प्रेममा हुन्छन्। तर परिवारको कारण विवाह हुन सक्दैन। पारोको विवाह अरूसँगै हुन्छ र देवदास रक्सीको लतमा फस्छन्। यस फिल्ममा पनि देवदास र पारोको मिलन अन्त्य घडीमा पनि हुन सक्दैन।
ब्ल्याक
यस फिल्मले दृश्यविहीन र श्रवणशक्ति गुमाएकी एक फरक क्षमताकी युवतीको कहानी सुनाउँछ। विद्यार्थी रानी मुखर्जी ९मेकेल० र शिक्षक अविताभ बच्चनबीचको सुमधुर सम्बन्ध चलचित्रमा छ। हेलेन केलरको जीवनभोगाइका संघर्षबाट प्रभावित यो फिल्ममा दुई वर्षको उमेरमा नै आफ्नो दृष्टि र श्रवणशक्ति गुमाएकी एक युवतीले हरेक दिन एक अन्धकारमा बिताउँछ। समयसँगै युवतीले आफ्नो क्षमताको दायरा बढाउँदै जान्छिन्। १२ वर्षसम्म प्रयास गरेपछि युवती डिग्री पास गर्न सक्षम हुन्छिन्।
बाजिराव मस्तानी
सन् २०१५ मा बनेको ऐतिहासिक काव्यमा आधारित चलचित्र बाजिराव मस्तानी रनवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडा अभिनीत फिल्म हो। नगनाथ इनामदारको मराठी साहित्य रावमा आधारित यो फिल्म मराठ्ठा पेस्वा बाजिराव र उनकी दोस्रो श्रीमती मस्तानीको प्रेमप्रसंगमा आधारित छ। आफ्नो प्रेमको प्राप्तिको लागि बाजिरावको दरबारसम्म आइपुग्ने मस्तानी र बाजिरावको पहिलो पत्नी काशीबाई ९प्रियंका० बीचको भावनात्मक टसन फिल्ममा देख्न सकिन्छ।