जनकपुरमा सडक विस्ताका क्रममा अर्बको क्षति

जनकपुरमा सडक विस्ताका क्रममा अर्बको क्षति

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकामा सडक विस्तारका लागि घर टहरा भत्काउने क्रमलाई निरन्तरता दिइएको छ। सडक विस्तारका लागि जग्गा अधिग्रहण र घरटहरा भत्काउँदा सर्वसाधारणको करिब १० अर्बको क्षति भएको महानगरपालिकाले जनाएको छ।

सडक साँघुरो भएको भन्दै जनकपुर उपमहानगरपालिकाको निर्देशनमा करिब १२ सय भन्दा बढी घर भत्काइएको छ। त्यसैगरी पाँच सय भन्दा बढीको छानो, बारदली र घर अगाडिको पर्खाल भत्काइएको छ। 

जनकपुरको शिवचोकदेखि भानुचोकसम्म उपमहानगरपालिकाले डोजर लगाएरै करिब अढाई सय भन्दा बढी घर भत्काएको छ। जनकपुर सुनचाँदी बजारमा समेत करोडौंको मुल्य पर्ने सय भन्दा बढी घर भत्काउने कार्य भइरहेको छ। उपमहानगरपालिकाले जबरजस्ती डोजर लगाउने डरले घरधनीले आफ्नै कामदार लगाएर घर भत्काइरहेका छन्। 

घरटहरा, पसल भत्काउँदा हुने क्षतिको अनुमान करिब १० अर्ब भन्दा बढी रहेको छ। सडक विस्तारका लागि जनताले बिना कुनै मुआब्जा आफ्नो सम्पत्ति गुमाएका छन्। उपमहानगरपालिका कार्यालयले जग्गा उपलब्ध गराउनेको नाम र विवरण समेत राखेको छैन।  

उपमहानगरपालिकाका कार्यालयका ईन्जिनियर वीरेन्द्र यादव भन्छन्, ‘विवरण संकलनको जिम्मेवारी हाम्रै हो। तर, थुप्रै कामको चापले गर्दा जग्गा दिनेको नाम संकलन गर्न सकिएको छैन।’ उपमहानगरपालिकाले सडकको दायरामा पर्ने घर र पसलमा नक्सापास लिई रातो चिन्ह लगाई दिने र सोही अनुसार घर भत्काइदै आएको छ।

प्रदेशको राजधानीको तयारीमा रहेको जनकपुर करिब दुई वर्षदेखि आन्दोलन, राजनीतिक संक्रमणको मार झेल्दै आएको हो। व्यापार, व्यवसाय चौपट रहेको अवस्थामा झन् सडक विस्तारको क्रममा पसलनै भत्काएपछि व्यापार पूर्ण रुपमा ठप्प हुने जनकपुर उद्योग वाणिज्य महासंघका महासचिव जितेन्द्र महासेठको भनाइ छ। 

उपमहानगरपालिका भित्र हाल एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजना अन्र्तगत १ अर्ब भन्दा बढीको लगानीमा ९.२९ किलोमिटर सडक मर्मत र नाला निर्माणको काम सञ्चालित रहेको छ। जस अन्तर्गत १६ मिटर चौडा सडकमा परिक्रमा सडक, विमानस्थलदेखि रेल्वेस्टेशन रहेको छ। १३ मिटरको सडकमा कदम चोकदेखि रामानन्द चोक, जानकी मन्दिरको सडक रहेको छ। अर्को तर्फ सहरी विकास तथा भवन निर्माण कार्यालयको ८३ करोडको लागतमा २७ किलोमिटर सडक निर्माणको कार्य भइरहेको कार्यालयका डिभिजन प्रमुख गंगालाल यादवको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.