उपकरणबिनै शल्यक्रिया

उपकरणबिनै शल्यक्रिया

दुनै : डोल्पा जिल्ला अस्पतालमा उपकरण अभावमै पनि जोखिमपूर्ण शल्यक्रिया गरिँदै आएको छ। १५ शैया क्षमता रहेको जिल्ला अस्पताल डोल्पामा आवश्यक उपकरणबिनै शल्यक्रिया गर्ने गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ।

जिल्ला अस्पतालमा सामग्री अभाव र फिजिसियन डाक्टर नभएकाले अन्य शल्यक्रिया नहुने र बच्चा जन्माउन नसकेका गर्भवतीहरूको मात्र शल्यक्रिया हुने त्यसमा पनि आवश्यक सामग्री एवं उपकरण नभएको जिल्ला अस्पतालका सूचना अधिकारी तारा बोहराले जानकारी दिइन्। उनका अनुसार जिल्ला अस्पतालमा शल्यक्रियाका लागि छुट्टै जनशक्ति नभएकाले अन्तरंग कक्षका कर्मचारीहरूको सहयोगमा शल्यक्रिया गरिने गरिएको छ।

दैनिक ४० देखि सय जनासम्म बिरामी चेकजाँच हुने र त्यसका लागि उपकरण अभावका कारण निकै कठिन हुने गरेको डक्टर लक्ष्मण नेपालले बताए। उनले भन्ने, ‘आफूले सबै कुरा भन्न मिल्ने अधिकार नभएको कारण बिरामी मात्र चेकजाँच गर्ने गरेको छु, सबै काम डाक्टर एक्लैले गर्नुपर्ने बाध्यता पनि छ।’

तर बिरामीको चापअनुसार औषधिको भने खासै अभाव नदेखिएको, मागअनुसार आपूर्ति भइरहेको जिल्ला अस्पताल फार्मेसी वीरचन्द्र धरालाले जानकारी दिए। उनका अनुसार ७० किसिमका औषधि जिल्ला अस्पतालबाट वितरण हुने भए पनि हाल दैनिक ४५ देखि ६० प्रकारका औषधि वितरण हुने बताए। जिल्ला अस्पतालको आफ्नै फार्मेसी भएको कारण बिरामीले सस्तैमा औषधि किन्न पाउने र दुर्गमका जनतालाई अस्पतालको आफ्नै फार्मेसीले राहत दिएको फार्मेसी धरालाले दाबी गरे।

हरेक दिन गर्भवती र रुघाखोकीका बिरामी बढेकाले ल्याब परीक्षण गराउनेहरूको पनि भीड रहेको अस्पतालले जनाएको छ। त्यसका लागि आवश्यक केमिकल महिनौंदेखि अभाव भएको ल्याब प्राविधिक प्रेमप्रकाश रोकायाले बताए।

सय जनासम्म बिरामी चेकजाँच हुने भए पनि त्यसका लागि उपकरण अभावका कारण निकै कठिन हुने गरेको छ।

साढे एक किलोवाट क्षमताको सोलार जडान गरिएको छ तर सोलारले खासै काम गर्दैन आकस्मिक कक्षका कर्ण बिकले बताए। उनले भने, ‘विद्युत् भरपर्दो छैन कम भोल्टेज आउँछ, अक्सिजन दिनुपर्ने बिरामी आउँदा आपत पर्छ हामी ड्युटीमा रहेका कर्मचारीलाई सबैको गाली सहनुपर्ने बाध्यता छ। विद्युत् भोल्टेज कम भएपछि बिरामीलाई भिडियो एक्सरे, ल्याब परीक्षण, एक्सरे गर्न र अक्सिजन दिन समस्या भोग्नुपर्ने कर्मचारीहरू दुखेसो सुनाउँछन्।

जिल्लामा भनेअनुसार उपचार नहुने भएपछि बाध्यताले तराईका अस्पतालमा रेफर गर्नुपरेको स्टाफ नर्स तथा सूचना अधिकारी तारा बोहराले बताइन्।

जिल्ला अस्पताल भए पनि आवश्यक पूर्वाधार नभएका कारण सेवा प्रभावकारी हुन नसकेको स्थानीयको आरोप छ।

पुराना तथा जीर्ण सामग्रीका भरमा शल्यक्रिया गर्ने गरेको तर स्थानीय सरकार आएपछि झनै समस्या भएको जिल्ला अस्पतालको दाबी छ। दैनिक प्रशासनिक खर्चको रकम स्थानीय तहमा गएपछि जिल्ला अस्पतालमा अप्ठ्यारो परेको हो। यता जिल्ला अस्पताल रहेको ठूलीभेरि नगरपालिकाको केन्द्र विवादका कारण कुनै पनि काम हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.