वृद्धाश्रमका कथा

वृद्धाश्रमका कथा

चितवनकी शिवकुमारी शर्मा अहिले ८१ वर्षकी भइन्। उनका दुई भाइ छोरा छन्। एक भाइ रोजगारको लागि खाडी मुलुक कतार गएका छन् भने, अर्को काठमाडौं बस्छन्। बुहारी नातिनातिना भरतपुरमै बस्छन्। तर, के गर्नु घरभरि सन्तान भएर पनि शिवकुमारीको आ श्रयस्थल भने देवघाटको आ श्रम बनेको छ। यतिबेला उनलाई सन्तानको माया र सहाराको खाँचो छ। तर, उनी भने दुई भाइ छोराबुहारी र नातिनातिना भएर पनि सहाराविहीन बन्नु परेको छ। भरतपुरमा भएको घरजग्गा पनि छोराबुहारीले बेचेर गएपछि उनी एक्लिएकी हुन्। नेपालीमा एउटा भनाइ नै छ, ‘बाबुआमाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामुढा माथि’। अन्ततः शिवकुमारी शर्माको जीवनमा यही भनाइ यथार्थजस्तै बन्न पुग्यो।

नेपाल प्रहरीमा रहेका श्रीमान् २०३२ सालदेखि बेपत्ता छन्। श्रीमान्को साथ नपाएको पीडा त छँदै थियो, बिहे गरेपछि आफ्नै छोराहरूले पनि छि छि दुरदुर गर्दा उनलाई असह्य पीडा भयो। आफूले जन्माएकै छोराछोरीबाट हेलाँ सहन नसकेपछि १० वर्ष अर्काको घरमा बसेकी उनी जीवनको उत्तरार्धमा देवघाटमा रहेको वृद्धा श्रममा आइपुगिन्। अहिले उनी यही आ श्रममा खुसी छिन्। ‘आफ्नैले त हेलाँ गरे, अब अर्काकोमा आएर यस्तो भएन र उस्तो भएन भन्न कहाँ पाइयो र ? ’ गहभरि आँसु पार्दै भन्छिन्, ‘जे छ, जस्तो छ, यहीँ ठीक छ।’

खासमा शिवकुमारी धर्मकर्ममा बढी नै विश्वास गर्छिन्। अहिले पनि साँझ बिहान भजनकीर्तन गर्ने, पूजापाठ गर्ने गरिरहन्छिन्। तर, फल भने हेलाँबाहेक केही पाइनन्। तैपनि धर्मकर्म गर्न छाडेकी छैनन्। अहिले आ श्रममा पनि साँझबिहान एकएक घन्टा धर्मकर्ममै बिताउँछिन्। शुद्ध शाकाहारी भोजन गर्छिन्। ‘तर, अहिलेका मान्छेलाई त्यस्तो मन पर्दोरै’न्छ,’ उनी भन्छिन्। छोराबुहारीले घर बेचेर हिँडेपछि सहाराविहीन भएर यहाँ आउनु प¥यो। नेपालको कानुनले महिलालाई धेरै अधिकार दिए पनि महिलालाई महिलाले नै हिंसा गरिरहेको उनको बुझाइ छ। ‘छोरी र बुहारीलाई एउटै व्यवहार गर्नुपर्छ भन्छन्। छोरीबुहारीले पनि आमा र सासूलाई एउटै व्यवहार गर्नु पर्दैन ? ’ उनी प्रश्न गर्छिन्।

गोरखाका ९० वर्षीय मोतीलाल जोशीलाई पनि यो दिन आउला भन्ने लागेको थिएन। विवाह गरेको तीन वर्ष नबित्दै श्रीमतीको मृत्यु भएपछि उनको पनि दुःखका दिन सुरु भए। भाइबहिनी ससाना भएकाले उनले दोस्रो विवाहबारे सोच्दै सोचेनन्। ‘बा–आमा र भाइबहिनी पालेर बसेँ,’ उनी भन्छन्, ‘तर, अहिले त्यही भाइबहिनीबाट अपहेलनाले गाउँ छाडेर आ श्रमसम्म आउनुप¥यो।’

भाइको छोराछोरीले नहेरेपछि गाउँ छोडेर भौंतारिँदै चितवन आइपुगेको कथा सुनाउँदै उनी थप्छन्, ‘गाउँमा सबैको हेलाँमा परेपछि भौंतारिँदा भौंतारिँदै चितवन आइपुगेँ। संयोगवश एकजना गाउँलेकै घरमा पुगेछु। एकरात त्यहीँ बसेँ। त्यसपछि देवघाटमा रहेको आ श्रमबारे थाहा पाएँ। र, उनकै सहयोगमा गोरखा फर्केर सिफारिस लिएर आएँ। अहिले ठीकै छ। गाउँमा सबैको हेलाँमा बस्नुभन्दा त यहीँ आनन्द छ।’ पूर्वी चितवनमा बहिनीको घर छ। उनी बेलाबेला दाजुलाई भेट्न आ श्रम आइरहन्छिन्। बहिनीले आफ्नै घरमा लगेर पाल्छु पनि भन्छिन्। ‘तर, कुटुम्बको घरमा गएर कसरी बस्ने ? ’ उनी भन्छन्।

छोराछोरी सहरका ठूल्ठूला तारे होटेलमा चौरासी व्यञ्जनका परिकारसँग रमाइरहँदा वृद्ध बा–आमा भने आ श्रममा आँसुको तलाउमा डुबुल्की मार्न बाध्य छन्।

८० वर्षीया नन्दकली लम्सालको व्यथा पनि शिवकुमारी शर्मा र मोतीलाल जोशीको भन्दा कम छैन। उनको परिवार भारतको गुहाटीमा पशुपालन गर्दै आएका थिए। सोही क्रममा २०१८ सालमा घाँस काटेर फर्किंदै गर्दा जंगली हात्तीको आक्रमणबाट श्रीमान्को निधन भएपछि उनको जीवनमा बज्रपात प¥यो। त्यसपछि उनको पनि दुःखका कहालीलाग्दो दिन सुरु भए। जेठाजु भारतमै रेल चलाउँथे। जेठाजुको पनि रेल दुर्घटनामा मृत्यु भएपछि दुई भाइ छोराकै पीरले उमेर छँदै सासूससुरा पनि स्वर्गवास भएपछि नन्दकली लम्सालको आफन्त कोही भएनन्। टंक भक्त भन्ने पण्डितबाट आश्रमबारे थाहा पाएपछि उनी देवघाट आइपुगिन्।

‘आ श्रमको बसाइले विगतका पीडालाई भुल्ने प्रयास गरिरहेकी छु,’ उनी भन्छिन्, ‘तर, भुल्न सजिलो कहाँ छ र ? ’ उनी आ श्रममा सहयोग गर्न आउने दाताहरूलाई भगवान् सम्झन्छिन्। ‘दाताकै भरबाट हामी बाँचिरहेका छौं,’ उनी भन्छिन्, ‘त्यसैले हाम्रा लागि त दाताहरू नै भगवान् हुन्।’ दाताहरूकै कारण आ श्रममा खान र लाउनको समस्या नभएको उनले बताइन्। ‘तर, दुःखबिमार हुँदा भने समस्या छ,’ उनी थप्छिन्, ‘आश्रमको गेटैमा रहेको अस्पतालमा सामान्य खालको औषधि मात्रै पाइन्छ। अलि जटिल खालको समस्या भयो भने भरतपुरसम्म पुग्नै गाह्रो।’

लमजुङकी ७३ वर्षीया कृष्णमाया अधिकारी पनि देवघाटको आ श्रममा बसेको ११ वर्ष भयो। चितवनमा छोरीको घर छ। छोरीले पाल्छुभन्दा पनि उनी जान मान्दिनन्। ‘छोरीको घरमा कसरी गएर बस्ने ? ’ उनी भन्छिन्, ‘अब बाँचुञ्जेल यही आ श्रम मेरो घर हो।’ देवघाट नेपालकै पवित्र तीर्थस्थलमध्येको एउटा महत्वपूर्ण तीर्थस्थल हो। त्यसैले तीर्थ, व्रत, ध्यान, जप सबैथोक गर्न पनि देवघाटमा सजिलो भएकोले देवघाट नै प्यारो लाग्न थालेको उनको भनाइ छ। ‘धर्मकर्म, तीर्थव्रत, जप ध्यानको लागि कहाँकहाँबाट मानिसहरू देवघाट आउँछन्। जे गरे पनि यहीँ सजिलो छ,’ उनी भन्छिन्, ‘अब कति नै पो बाँचूला र ? बाँचुञ्जेल यहीँ बस्छु।’ मुटु रोगले ग्रस्त उनी अहिले पनि तीन थरीका औषधि खान्छिन्। सरकारले दिएको वृद्धभत्ताले औषधि किन्न पनि धौधौ हुन्छ,’ उनी भन्छिन्, ‘रोगी भए पनि एक मुठ्ठी परान जान त कहाँ सजिलो रै’छ र ? ’

४१ वर्ष जेठाजुको घरमा बसेकी नुवाकोटकी रेउतादेवी मि श्र पनि जीवनको उत्तराद्र्धमा देवघाटमा आ श्रय लिन बाध्य भइन्। ८२ वर्षीया उनको विवाह भएको केही वर्षमै श्रीमान्को निधन भएपछि जेठाजुको घरमा बस्दै आएकी थिइन्। जेठाजुको पनि मृत्यु भएपछि भने उनलाई सहारा दिने कोही भएनन्। अन्ततः छोराहरूले देवघाट ल्याएर राखिदिए। ‘आफ्नो भन्ने कोही छैन। अर्काको भरमा बसेपछि उनीहरूले जे भन्यो, त्यही मान्नु प¥यो नि,’ उनी दुःखेसो पोख्छिन्।

गोरखा मझुवा देउरालीका गणेश भण्डारीको पनि व्यथा उस्तै। आफ्नो तर्फबाट छोराछोरी कोही नभएपछि उनको रेखदेख गर्ने कोही भएनन्। अन्ततः उनको गन्तव्य पनि देवघाट नै बन्न पुग्यो। उमेरले ७४ वर्ष पार गरेका उनी भन्छन्, ‘यो उमेरमा आएर पनि रेखदेख गर्ने कोही भएन।’ आ–आफ्नै सुर गरेर बसेका दाजुभाइले पनि वास्ता नगरेपछि उनी भौंतारिँदै देवघाट आइपुगेको बताउँछन्।

‘चहार्दै आउँदा आ श्रमबारे थाहा पाएँ,’ उनले भने, ‘गाउँमा हेलाँ भएर बस्नुभन्दा यहीँ आएर बस्न उचित ठानेँ।’ वृद्धभत्ता लिन भने उनी गाउँ गइरहन्छन्। तर, उनको अब गाउँ फर्केर बस्ने योजना छैन। भन्छन्, ‘मेरो अन्तिम घर नै यही हो। अबको बाँकी जीवन यहीँ बिताउँछु।’

भनिन्छ, आफूलाई जन्म दिने मातापिता नै ज्युँदो भगवान् हुन्। तर, ढुंगाको मूर्ति पूजा गर्नेहरूले ज्युँदो भगवान्लाई भने अपहेलना गरेका घटना प्रशस्तै भेटिन्छन् र सुनिन्छन्। धनाढ्य व्यक्तिले नै आफ्ना मातापितालाई आ श्रममा लगेर राख्छन्। देवघाटका यी त केही प्रतिनिधि उदाहरण हुन्। छोराछोरी सहरका ठूल्ठूला तारे होटेलमा चौरासी व्यञ्जनका परिकारसँग रमाइरहँदा वृद्ध बा–आमा भने आ श्रममा आँसुको तलाउमा डुबुल्की मार्न बाध्य छन्।००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.