आईपीएल: इडन गार्डनमा पाँच वर्षपछि कोलकातालाई पञ्जावले हरायो

आईपीएल: इडन गार्डनमा पाँच वर्षपछि कोलकातालाई पञ्जावले हरायो

कोलकाता: इडन गार्डनमा किङ्ग्स इलेभन पञ्जाबले डकवर्थ लुइस नियमका आधारमा कोलकाता नाइटराइडर्सलाई ९ विकेटले पराजित गरेको छ। 

कोलकाताले दिएको १९२ रनको चुनौती पछ्याएको पञ्जाबले ८.२ ओभरमा ९६ रन बनाएको थियो । त्यसपछि पानी परेर खेलमा बाधा पुर्यायो। पानीरोकिएपछि डकवर्थ लुइस नियमका आधारमा पञ्जाबलाई १३ ओभरमा १२४ रनको चुनौती मिल्यो । 

क्रिस गेल र केएल राहुलको अर्धसतक सहयोगमा पञ्जाबले ११.१ ओभरमा चुनौती भेट‍्टायो । २०१३ पछि पहिलो पटक पञ्जाबले इडन गार्डनमा जीत हासिल गर्यो । यसभन्दाअघि कोलकाताले क्रिस लिनको ७४ रनको सहयोगमा २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । 

सतकीय साझेदारी

ओपनर क्रिस गेल र केएल राहुलले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । राहुल ६० रन बनाएर आउट भए। उनलाई म्यान अफ द म्याच अवार्ड दिइयो । गेल ६२ र मयंक अग्रवाल २ रन बनाएर नट आउट रहे। कोलकाताका सुनिल नारेनले १ विकेट लिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.