८५ वर्षे रेकर्ड तोड्दै बार्सिलोना ३० औं पटक च्याम्पियन

८५ वर्षे रेकर्ड तोड्दै बार्सिलोना ३० औं पटक च्याम्पियन

काठमाडौं : बार्सिलोनाले सहजै कोपा डेल रे को उपाधि जितेको छ । शनिबार भएको फाइलनमा सेभिल्लालाई ५-० को फराकिलो अन्तरले हराउँदै बार्सिलोना लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । 

 मड्रिडको वाण्डा मेट्रो पोलिटानो मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सुआरेजले २ गोल(१४औ, ४०औं मिनेट) गरे उनले भने मेसी (३१औ मिनेट) र इनेस्टा(५१औं मिनेट) एक-एक गोल गरे । कोन्टिन्होले खेलको ६९ औ मिनेमा पेनाल्टी मार्फत एक गोल गरे । 

३० औं पटक कोपा डेल रेको उपाधि जित्न सफल बार्सिलोना ८५ वर्षपछि लगातार लगातार ४ पटक उपाधि जित्ने टोली समेत बनेको छ । यसअघि यथ्लेटिक बिल्बाओले १९३० देखि १९३३ सम्म लगातार ४ पटक उपाधि जितेको थियो ।

 कोपा डेल रे सन १९०३ देखि सुरु भएको स्पेनको सबैभन्दा पुरानो फुटबल लिग हो । यस प्रतियोगिताको उपाघि बार्सिलोनाले सबैभन्दाबढी ३० पटक जितेको छ । यथ्लेटिक बिल्बाओले २३ र रियल मड्रिडले १९ पटक उपाधि जितेका छन भने बाँकी अन्यले जितेका छन् ।  सेभिल्लाले ५ पटक उपाधि जितेको छ । 

युरोपियन च्याम्पियन लिग प्रतियोगिताबाट बारिरिएको बार्सिलोना अर्काे घरेलु लिग ला लिगाको उपाघि नजिक पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.