सन्दीपको टिम दिल्ली पाचौं खेलमा पनि पराजित

सन्दीपको टिम दिल्ली पाचौं खेलमा पनि पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को पाचौं खेलमा पनि सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स् पराजित भएको छ । शनिबार राति भएको खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरसँग दिल्ली ६ विकेटले पराजित भएको हो । प्रतियोगितामा ५ खेल खेलेको दिल्लीले एक खेलमा मात्र जित हात पारेको छ भने अंक तालिकाको पुच्छारमा रहेको छ । 

बैंग्लोरको घरेलु मैदानमा भएको खेलमा बैंग्लोरले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १७४ रन बनायो । दिल्लीका लागि रिबस पन्तले सर्वाधिक ८५ रन बनाए भने श्रेयस लेयरले ५२ रन बनाए । अन्य ब्याट्सम्यानले  खासै योगदान दिन सकेनन १० बल सामना गरेका कप्तान गौतम गाम्भिर ३ रनमै आउट भए । 
बैंग्लोरका लागि युजचेन्द्र चहलले सर्वाधिक २ विकेट लिए । 

१७५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पार गर्दै यस सिजनको दोस्रो जित दर्ता गर्‍यो । बैंग्लोरका लागि दक्षिण अफ्रिकी विस्फोटक ब्याट्सम्यान एबी डेभिलियर्सले ३९ बलमा बनाए ।   १० चौका र ५ छक्का सहति ९० रन बनाएर नटआउट रहे । कप्तान विराट कोहलीले ३० रन बनाए । दिल्लीका लागि ट्रेन्ट बोल्ट, हर्शल पटेल  र ग्लेन म्याक्सवेलले १-१ विकेट लिए । 

सन्दीप लामिछानेले भने हालसम्म खेल्ने मौका पाएका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.